देश

यूएइमा नेपाल जितविहीन

पोखरा आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल चारै खेलमा पराजित भएको छ । नेपाल, अमेरिका र युएईबीच भएको चार खेलमा नेपाल जितविहीन् भएको हो । पहिलो खेलमा अमेरिकासँग १०६ रनको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा युएईसँग ५ विकेट, तेस्रो खेलमा अमेरिकासँग ४ विकेट र आज भएको चौथो तथा अन्तिम खेलमा ४ विकेटको अन्तरले पराजित भएको हो । आजको खेलमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो व्याटिङ गर्दै २३९ रन बनाएको थियो । २४० रनको मध्यम… पुरा पढौ

कास्की ट्राफिक कार्यालय हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक पक्राउ

पोखरा, कात्तिक १९ जिल्ला ट्राफिक प्रहरी कार्यालयको हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको हाताभित्र अनुसन्धान तथा कारवाहीका लागि पार्किङ गरेर राखेको मोटरसाईकल जेनजी आन्दोलनका बेला तोडफोड तथा आगजनी गरेको मौका छोपेर चोरीपश्चात प्रयोग गर्दै आएका पोखरा–१७ दोबिल्ला निवासी २४ वर्षिय सुवास तामाङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । गत भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । सोहि तोडफोड तथा आगजनीको मौका… पुरा पढौ

‘जाउँ है बेगनास पोखरा’ सम्पन्न

होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा यही कात्तिक १६ गतेदेखि पश्चिम नेपालमा सञ्चालन गरिएको ‘जाउँ है बेगनास पोखरा’ कायक्रम सम्पन्न भएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डलले पश्चिम नेपालका केही पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी, पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो । ‘जाउँ है बेगनास पोखरा’ कायक्रमअन्तर्गत बुटबल, बर्दिया, सुर्खेतलगायत जिल्लाका पर्यटन व्यवसायीसँग छलफल गरी उक्त टोली आज पोखरा फर्किएको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका… पुरा पढौ

संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए। यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष थिए। दुई पार्टी एकता गर्ने सहमति भएसँगै बुधबार एकता सभा आयोजना गरिएको हो। पुरा पढौ

नेपालद्वारा युएईसामु २४० रनको लक्ष्य प्रस्तुत

पोखरा, कात्तिक १२ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर युएईले व्याटिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ सेखले ३४, आसिफ सेखले ३० र सन्दीप लामिछानेले १५ रनको योगदान दिए । अन्य व्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कुशल भुर्तेल २, कप्तान… पुरा पढौ

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता… पुरा पढौ

पोखरा सहकारीको झण्डैं ८९ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ

पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा ७ जना पक्राउ परेका छन् । सहकारीको झण्डैं ८९ करोड रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले सहकारीका अध्यक्ष गोदारसहित सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ,सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सो समुहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको… पुरा पढौ

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताए ।… पुरा पढौ

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई अन्तरिम आदेश जारी भइरहेको अवस्थामा सम्बन्धित राजदूतलाई सरकारले परराष्ट्र मन्त्रालयमा काम, काज गर्नेगरी फिर्ता बोलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । “अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको… पुरा पढौ

बयान दिन रवि लामिछाने सिंहदरबारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलन छानबिन आयोगले बयान लिने तयारी गरेको छ । आयोगलाई बयान दिनका लागि नख्खु कारागारमा रहेका सभापति लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा लगिएको छ ।ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइसकिएको जानकारी दिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट बाहिर आएको विषयमा बयान लिन लागिएको हो। जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। पुरा पढौ