देश

एमालेको केन्द्रीय कमिटीको बैठक जारी, उठ्यो‘सर्वपक्षीय राष्ट्रिय सरकार’को चर्चा देखि नेताको सम्पत्ति छानबिनसम्मको माग

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी केन्द्रीय सदस्यले सर्वपक्षीय राष्ट्रिय सरकारको गठन देखि नेताको सम्पत्ति छानबिनसम्मको माग उठाएका छन् । हालसम्म धारणा राख्ने बहुमत केन्द्रीय सदस्यले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्न नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्न सक्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्दा अहिले नभएर महाधिवेशनमा उठाउनुपर्ने बताएका छन् । बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास… पुरा पढौ

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उनले अदालतको सेवा रोक्न नहुने धारणा राखिन् । काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए । सो सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध… पुरा पढौ

जसपा नेपालका प्रदेशसभा सदस्य सिंह सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ । उनी जसपा नेपालबाट प्रदेशसभा सदस्य हुन् । निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा÷दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसूरजन्य कार्य गरेको भन्दै आयोगले निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले मधेस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पूर्वराज्यमन्त्रीसमेत रहेका… पुरा पढौ

घाइतेको स्पष्ट पहिचान नहुँदा,बागलुङमा राहत वितरण हुन सकेन

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाएको छ । तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन ।घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिनु भएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत छन् । उनको हालै ठेगाना पत्ता लागेको छ । त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ । हालसम्म राहत रकम वितरण गर्न नसकेको… पुरा पढौ

तनहुँको व्यासगुफामा एक महिने विश्व ॐकार पर्व हुने

व्यास ऋषिको तपोभूमि तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा एक महिने दशौँ विश्व ऊँकार तथा हिन्दू महामिलन पर्वका साथै श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । वेदअनुयायी प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा महामिलन पर्व कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म र श्रीमद्भागवत महायज्ञ कात्तिक ९ देखि १७ गतेसम्म सञ्चालन गर्न लागेको हो । महामिलन पर्वको सन्त ओमबाबा र महायज्ञको प्राध्यापक आचार्य हरिहरण उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ऋषिपराशरको तपोभूमि मातासत्यवतीको क्रिडास्थली र महर्षि वेदव्यासको अवतरणस्थल शुक्लामाहेन्द्रीको… पुरा पढौ

आशन्न निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत… पुरा पढौ

निर्वाचन नै अबको उत्तम विकल्प ः संयोजक प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हालै भएको ‘जेन जी’ आन्दोलन हिंसात्मक बनेको आराप लगाएका छन्। उनले ओलीकै कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताउँदै, उनमा अझै पनि कुनै पश्चाताप नदेखिएको बताए।बिहीबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले शान्तिपूर्ण रूपमा सुरु भएको युवाहरूको आन्दोलनमाथि सरकारले गरेको दमन र सुरक्षा लापरवाही नै क्षतिको मुख्य कारण भएको उल्लेख गरे।युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले संवेदनशीलतापूर्वक व्यवस्थापन गर्न नसकेको र सुरक्षा तयारीमा चुकेकाले स्थिति भयावह… पुरा पढौ

मौरिस हर्जोग पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले… पुरा पढौ

देशभर मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस पुरा पढौ

नेपालसँग ओमान ३८ रनले पराजित

आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई-दुई विकेट लिए । सन्दीप… पुरा पढौ