देश

पोखरामा खुल्यो बिवाईडीको सोरुम, एसयूभी सिलायन-७ लञ्च

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा बीवाईडीको सोरुम खुलेको छ । बीवाईडीले पोखराको बुद्दचोकमा सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ लञ्च गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाल भित्राएको सो विद्युतीय (ईभी) गाडी शुक्रबार पोखरामा लञ्च गरिएको हो । योसँगै पोखरेली उपभोक्ताले पोखराबाटै एसयूभी सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण गाडीहरु खरिद गर्न सक्ने भएका छन् । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो… पुरा पढौ

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । सभामुखले घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका हुन्। सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ। कुलिङ पिरियडमा भएको छेडखानीबारे अध्ययन गर्न कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा… पुरा पढौ

अर्डर गरेको खाना नआएपछि बन्यो पोखरामा ‘ह्यान्ग्रीजेन’ खोल्ने योजना, सार्कट्याङ्कले खोलिदियो राजधानी छिर्ने ढोका

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा फुड डेलिभरी क्षेत्रमा स्थापित नाम हो ह्यान्ग्रीजेन । डेढ वर्ष अघि क्लाउड किचनका रुपमा सञ्चालनमा आएर छोटो समयमै पोखरेलीको मन जित्न सफल ह्यान्ग्रीजेनका सञ्चालक हुन् पोखरेली व्यवसायी लक्सन राज श्रेष्ठ र विनय शर्मा । पोखरामा फूड डेलिभरीमा स्थापित भएपछि उनीहरु राजधानी काठमाडौं छिर्न चाहन्थे । मास बिजनेसको जगजगी राजधानी छिर्ने हुटहुटी भए पनि लगानी अभावमा त्यो सम्भव भइरहेको थिएन । तर सार्कट्याङ्कले अहिले त्यसको ढोका खोलिदिएको छ । लगानीकर्ताको खोजी गर्दै सार्कट्याङ्कमा सहभागी उनीहरुलाई नेपालका… पुरा पढौ

ओटेफकाे अध्यक्षमा ममता, महासचिवमा भावना

महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । विहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । ओटेफको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने निर्वाचित भएकी हुन् । सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा… पुरा पढौ

पोखरामा सेफ्टीट्याङ्की नभएको घर छैन : मेयर आचार्य

सन्देश श्रेष्ठपोखरा, साउन २९ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको दाबी गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को सातौं साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले पोखरामा सेफ्टीट्याङ्की नभएको घर नै भएको दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की छ, अर्थात सेफ्टीट्याङ्की नभएको घर नै छैन ।’ मेयर आचार्यले शतप्रतिशत घरमा सेफ्टीट्याङ्की हुने सहर पोखरा मात्र भएको दाबीसमेत गरे । शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको सहर पोखरा पनि हो भन्ने… पुरा पढौ

ओटेफद्वारा पत्रकार सुवेदी सम्मानित

पोखरा, साउन २९ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको विहीबार आयोजित सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद र सम्मान पत्रले सम्मान गरेका थिए । पुरस्कृत पत्रकार सुवेदी केन्द्रभाग मिडिया प्रालिद्वारा सञ्चालित केन्द्रखबर डटकमका प्रकाशक/सम्पादक हुन् । कार्यक्रममा पोखरा… पुरा पढौ

महिला घरमै असुरक्षित

सन्देश श्रेष्ठपोखरा, साउन २९ नेपाल सरकारले “लैंगिक हिंसाबिरुद्ध शून्य सहनशिलता”को नारा तय गरेको दशकौं भयो । त्यो नारालाई गण्डकी प्रदेशलेपनि अवलम्वन गरेको छ । त्यसको रटान लगाउन स्थानिय तहहरुलेपनि तछाडमछाड गर्दै आएका छन् । तीन वटै तहले हरेक नीति तथा कार्यक्रममा सो नारासँगै नीति, योजना र कार्यक्रम घोषणा गर्छन् । महिला सशक्तिकरणका लागि भन्दै विविध कार्यक्रमहरु तय गरिन्छन् । त्यतिमात्र होईन, तीन वटै सरकारले त्यसलाई कार्यान्वयन गर्नका लागि हरेक वर्ष बजेट विनियोजन गर्छन् । त्योपनि हजार वा लाखमा होईन करोडौं… पुरा पढौ

पोखरा-१३ का मनकारी युवा : भलिबल प्रतियोगिताबाट बचेको रकम तीन विद्यालयलाई प्रदान

पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ… पुरा पढौ

प्रतिभाका विद्यार्थीले दिए विविधतामा एकताको सन्देश दिने प्रस्तुती

पोखरा, साउन २८ पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका बालबालिकाहरुले विविधतामा एकताको सन्देश दिएका छन् । विद्यालयमा सिपीआरएस अन्तर्गतको ‘आवर कम्युनिटी थिम सेलेव्रेसन’ कार्यक्रममा कक्षा एकका विद्यार्थीले नेपालमा रहेको भौगोलिक, जातीय, सांस्कृतिक, तथा भेषभुषामा रहेको विविधता र त्यस भित्र रहेको एकताको सन्देशलाई प्रस्तुतीमार्फत देखाएका हुन् । र्याम्प वाक गर्दै आ–आफ्नो परिचय दिएर शुरु भएको कार्यक्रममा बालबालिकाले हिमाल, पहाड र तराईको भौगोलिक विविधता, त्यसमा संस्कार, चाडपर्व, रीतिरिवाज तथा धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा बालबालिकाहरुले टोल… पुरा पढौ

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् । उनले आज मात्रै औपचारिक रूपमा सभामुख घिमिरेलाई राजीनामापत्र बुझाएका हुन्… पुरा पढौ