देश

कास्की प्रशासनले भन्यो : अनुमति लिएर मात्र कार्यक्रम गर्नू

सन्देश श्रेष्ठपोखरा, असोज २९ जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै पनि कार्यक्रम गर्नु पूर्व स्वीकृति लिन आग्रह गरेको छ । कास्की प्रशासनले एक सूचना जारी गर्दै कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजनापूर्व स्थानिय तहको अनिवार्य स्वीकृति लिन आग्रह गरेको हो । नियमपूर्वक लिइएको अनुमतिका आधारमा मात्रै शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पनि प्रशासनले सचेत गराएको छ । जेनजी आन्दोलनपछि सुरक्षा चुनौतिका कारण प्रशासनले कार्यक्रम गर्न कडाई गर्दै… पुरा पढौ

अफिन गण्डकीले भन्यो : नर्सहरुलाई सरकारी सरह तलब दिन सक्दैनौं

सन्देश श्रेष्ठपोखरा, असोज २९ एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्यूसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताएको छ । सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको भोलिपल्ट पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर अफिन गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने जनाएको हो । पोखरामा अहिले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका नर्सहरु तलब, भत्ता बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । विगत एक हप्तादेखि आन्दोलनमा रहेका उनीहरुले सरकारी सरह तलब दिन माग गर्दै आएका छन् । अस्पताल… पुरा पढौ

पोखरामा कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव हुने

होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उनले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकले… पुरा पढौ

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ”, समवेदनामा भनिएको छ, “उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका… पुरा पढौ

नेप्से परिसूचक २२ अङ्कले घट्यो

धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ । म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव… पुरा पढौ

६६५ प्रहरी निरीक्षकको सरुवा, कास्कीमा १७ जनाको सरुवा

नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। प्रधान कार्यालयको मानव स्रोत विकास विभागले उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ। कास्कीमा साविकको विभिन्न कार्यालयबाट १७ जनाको सरुवा भएको छ । कास्कीमा वडा प्रहरी कार्यालय बगरका देवराज भट्टराई,जिल्ला प्रहरी कार्यालय कास्कीका किरण थापा मगर, सरला ढकाल, जिल्ला टाफिक प्रहरी कार्यालयका शोभा पाण्डेय गरी विभिन्न कार्यालयका १७ जना… पुरा पढौ

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल,संसद् पुनस्र्थापनाको पक्षमा एमाले स्पष्ट देखियो

सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भएका थिए । सो बैठकमा संसद् पुनस्र्थापनाको पक्षमा एमाले स्पष्ट देखिएको छ भने बाँकी दलले चुनावी वातावरण खोजेका छन् । बैठकमा सहभागी नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका स्मरण गर्दै उनले त्यसका लागि धन्यवाद दिए । अब पनि संवैधानिक… पुरा पढौ

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ ९आइपियु०को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ । उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक… पुरा पढौ

विरोधीलाई ओलीको जवाफ : म बिग्रिएको भए पो सप्रिनू

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै बोली दोहोर्याएका छन् । नेकपा एमालेको दशौं केन्द्रीइ कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले आफू कहिल्यै नबिग्रिएको जिकीर गरे । विरोधीहरुले ओली ‘अझै सप्रिएन भनेको प्रसंग कोट्याउँदै उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू।' उनले आफू सप्रिनलाई देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो भन्ने प्रश्न गर्दै त्यसो हो भने केपी ओलीले उक्त अडान नछाड्ने सपाट झवाफ दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी भित्रका आफू विरोधीहरु भने… पुरा पढौ

विन्दुवासिनी संस्कृत क्याम्पसका आर्थिक शाखा प्रमुख पराजुलीमाथि लगाइएको आरोप अनेरास्ववियू क्रान्तिकारीद्वारा फिर्ता

सन्देश श्रेष्ठपोखरा, असोज २९ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसका आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली माथि लगाएको आरोप फिर्ता लिएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले बुधबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसका आर्थिक शाखा प्रमुखले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको भनेर लगाएको आरोप फिर्ता लिएको हो । संगठनका क्याम्पस ईञ्चार्ज दामोदर सञ्जेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘केहि प्राध्यापकहरुको झूटा सूचनाका आधारमा आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली… पुरा पढौ