देश

अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध छः प्रमुख भट्ट

पोखरा, भदौ २२ गते गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका समतामूलक समाजको हिस्सेदार रहेको बताए ।शैक्षिक बिकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा बताउनुहुदै एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न उनले सुझाव दिए ।अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै… पुरा पढौ

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ

भदौ २१,पोखरा नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन भएकी छन् । समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन भए । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन भए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठक र सहारा उत्कृष्ट सदस्य नेहा

भदौ २१ सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र… पुरा पढौ

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन

पोखराखौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । साथै… पुरा पढौ

नेपालमा युट्युब पनि बन्द

नेपालमा युट्युब पनि बन्दसरकारले नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्‍दै नेपाल दूरसञ्‍चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्‍द गरेको हो। आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्‍द हुने क्रममा छन्। पुरा पढौ

कुमिदिनी होम्समा भाषा कौसल प्रतियोगिता सप्पन्न

पोखरा महानगरपालिका गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको आधारभूत तह (६/८) अन्तर्गतको कार्यक्रममा यती सदनका आदित्य खत्री , श्रद्धा के।सी।, एन्जिला ढकाल र एलिस आउजीको समूह प्रथम र गुँरास सदनका रियाना लामिछाने , चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय भएका छन् । त्यस्तै दोस्रो चरणको माध्यमिक तह (९ र १०) अन्तर्गतको कार्यक्रम सह प्राचार्य मुकेश कुमार… पुरा पढौ

पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु

पोखरा, २० भदौ ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले… पुरा पढौ

लेकसाईड र पृथ्वी होटल व्यवसायी समितिका नेताहरु : पर्यटन प्रवर्द्दनमा सहकार्य, एकतामा जोड

सन्देश श्रेष्ठपोखरा, भदौ २० पोखराका पर्यटन सम्बद्द दुई समितीका नेताहरुले पर्यटन प्रवद्र्दनमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि छुट्टाछुट्टै योजना, कार्यक्रम र प्रवद्र्दन कार्यक्रम गर्दै आएका लेकसाईडका होटल व्यवसायीहरुको छाता संस्था होटल संघ पोखरा र पोखराका सिटी क्षेत्रका होटलहरुको छाता संस्था पृथ्वी होटल व्यवसायी समितिका नेतृत्वले पर्यटन प्रवद्र्दनमा सहकार्य गर्ने प्रतिबद्दता जनाएका हुन् । पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारणसभा तथा सातौ अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनीहरुले आपसी सहकार्य र एकतामासमेत जोड दिए । कार्यक्रममा बोल्दै पोखरा भ्रमण… पुरा पढौ

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार सुवेदी पुरस्कृत

सन्देश श्रेष्ठपोखरा, भदौ २० पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा शुक्रबार सुवेदीलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद २१ हजारसहित दोषल्ला र सम्मान पत्र छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणीराज लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, समितिका अध्यक्ष अम्विकाप्रसाद घिमिरे (अमृत)लगायतले उक्त पुरस्कार सुवेदीलाई अर्पण गरे । पुरस्कृत सुवेदी नेपाल पत्रकार महासंघ, गण्डकी… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड,आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनेको छ । सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज… पुरा पढौ