देश

जोखिम मोलेर दुर्गम क्षेत्रमा पनि सेवा दिइरहेका छौं : पौडेल

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले आफूहरुले जोखिम मोलेर दुर्गम क्षेत्रमा पनि सेवा दिइरहेको बताएका छन् । पोखरा यातायात प्रालिको बिहीबार आयोजित सातौं वार्षिक साधारणसभामा बोल्दै उनले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेको बताएका हुन् । यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेको छ,उनले भने,‘दुर्गम क्षेत्रमासमेत यातायात सुविधा दिदा स्थानिय लाभान्वित भएका छन् ।’ पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहकार अमृत शर्मा तिमिल्सिनाले सिण्डीकेट हटाउने नाममा… पुरा पढौ

सडक यातायात पत्रकारिता पुरस्कारबाट गिरी पुरस्कृत

पोखरा,भदौ १९ गते । सडक यातायात पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको सातौ वार्षिक साधारण सभामा गिरीलाई नगद २५ हजार, सम्मान पत्र र दोषल्ला ओढाएर पुरस्कृत गरिएको हो । गिरी सफल न्यूज डटकमका सम्पादक हुन् । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले. सम्मान गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा… पुरा पढौ

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि ने सूचीकरण भइसकेका छन् । पुरा पढौ

पोखराको पातले छाँगो ठेक्का सम्झौताबिरुद्द आन्दोलित स्थानियलाई खुकुरी प्रहार गर्न खोज्ने एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, भदौ १९ पोखराको पर्यटकीय गन्तव्य पातलेछाँगो (डेभिडफल्स) ठेक्का लगाउने विवादले उग्र रुप लिदै गएको छ । पोखरा महानगरपालिकाले छोरेपाटन माविबाट स्वामित्व खोसेर ४० वर्षका लागि डेभिडफल्स सेती क्यानोनिङलाई दिइएपछि स्थानियले विरोध गर्दै आएका छन् । महानगर र सेती क्यानोईङ कुनै पनि हालतमा ठेक्का सम्झौता अनुसार अघि बढ्ने र स्थानिय कुनै पनि हालतमा काम गर्न नदिने अडानमा रहेपछि दुई पक्षबीच भएको विवादले उग्र रुप लिदै गएको हो । विहीबार पनि यी दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु

पोखरा, भदौ १९ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको… पुरा पढौ

निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ रहेकोमा आज… पुरा पढौ

कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा, भदौ १८ गते ।  पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता… पुरा पढौ

निर्देशनालय खारेज गर्ने गण्डकी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सन्देश श्रेष्ठपोखरा, भदौ १८ सर्वोच्च अदालतले गण्डकी सरकारको प्रदेश निर्देशनालय खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेश कमिटी, प्रगतीशिल वन प्राविधिक संघ केन्द्रीय समिति र प्रजातान्त्रिक वन प्राविधिक संघ गण्डकी प्रदेश समितिले दिएको संयुक्त रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल ईजलाशले निर्देशनालय खारेज गर्ने गण्डकी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । गत साउन २६ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले गण्डकी प्रदेशका… पुरा पढौ

लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत छः सदस्य दवाडी

भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत रहेको भुमि समस्या समाधान आयोग कास्कीका सदस्य कृष्ण कुमारी दवाडीले बताउनुभयो । पुलचोक टोल सुधार समिति पोखरा–१७ को आयोजनामा छोरेपाटन दक्षिणमा मंगलबार भुमि सम्बन्धी समस्याका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले महानगरबाट पाउनुपर्ने आवेदन फर्म आयोग माझ नआइपुगेको हुँदा प्रक्रियामा जान ढिलाई भएको जानकारी दिनुभयो । उहाँले वास्तविक सुकुम्बासीको पहिचानमा स्थानीय जनताबाट सत्यतथ्य जानकारी प्रदान गर्नुपर्ने बताउनुहुदै पछि हुन सक्ने कार्वाहीबाट… पुरा पढौ

दुग्ध प्रशोधन कारखाना पोखरामा खोल्ने डिडिसीको निर्णयमा पोखरा उद्योग वाणिज्य संघको विरोध

सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा उद्योग वाणिज्य संघले दुग्ध विकास संस्थान (डिडिसी) ले पोखरामा नया दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भनेर गरेको निर्णयमा विरोध जनाएको छ । संघका महासचिव शोभा गौतमले मंगलबार एक विज्ञप्ती निकालेर विरोध जनाएको हो । विज्ञप्तीमा डिडिसीले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने भनेर गरेको निर्णयले संघलाई आश्चर्यचकित र स्तब्ध बनाएको उल्लेख छ । संघले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने डिडिसीको निर्णयमा तत्काल पुर्नविचार गर्न माग गरेको छ । डिडिसीको सो निर्णय सरकारले अंगीकार गरेको… पुरा पढौ