देश

पोखरामा दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता शुरु

सन्देश श्रेष्ठपोखरा, भदौ १७ नेपाल खुल्ला स्नुकर प्रतियोगिता पोखरामा शुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा आजदेखि पोखरामा नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को दोस्रो संस्करण शुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् एण्ड बारमा भदौ २८ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा हटौंडाका जेनिस श्रेष्ठले पोखराका प्रताप गुरुङ,… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो , तोलामा २ लाख ६ हजार नजिक

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार… पुरा पढौ

नानी–शुक स्मृति शिक्षा पुरस्कार स्याङ्जाका काफ्लेलाई

पोखरा । नानी–शुक स्मृति प्रतिष्ठान, पोखराले यस वर्षको ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ बाट स्याङ्जाका शिक्षाप्रेमी एवं समाजसेवी तेजप्रसाद काफ्लेलाई सम्मान गर्ने निर्णय गरेको छ ।गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि नगद २५ हजार ५२५ र ताम्रपत्र छ ।२०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार दिने व्यवस्था गर्दै आएको छ… पुरा पढौ

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा ।गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो। सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको विधेयकलाई… पुरा पढौ

पाेखरामा खाजाघर सञ्चालन गरी अनैतिक गतिविधि गर्ने १९ जना पक्राउ

पाेखरा१५ कास्की प्रहरीले खाजा घरमा अनैतिक गतिविधि गरेकाे आराेपमा १९ जनालाई पक्राउ गरेकाे छ । पोखरा महानगरपालिका वडा नं. २, बागलुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघर र होटेलहरूमा अनैतिक गतिविधि हुँदै आएको सूचनाको आधारमा छापा मारेर १९ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्की र महानगरीय प्रहरी वृत्तका टोलीले संयुक्त रूपमा गएको शुक्रबार राति विशेष अपरेशन सञ्चालन गरेको थियो। सो क्रममा बागलुङ बसपार्क क्षेत्रमा सञ्चालित विभिन्न खाजाघर र होटेलहरूमा… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता

पोखरा ।सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च र… पुरा पढौ

पोखरामा सुदूरपश्चिमेलीले मनाए ‘गौरा’, गौरा सामाजिक एकताको पर्वः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ भदौ ।पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द लगायतको उपस्थिति रहेको थियो ।प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वका रहेको बताए । सुदूरपश्चिममा यो पर्वको निकै महत्व रहेको र धुमधामका साथ मनाइने गरेको बताउँदै उनले अहिले सुदूरपश्चिमेली जहाँ जहाँपुगेका छन्, त्यहाँ गौरा पर्व मनाइने गरेको उल्लेख गरे । ‘काम विशेषले… पुरा पढौ

गुल्मेली समाज पोखराको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन

पोखरा, भदौ १५ गुल्मेली समाज पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । होटल लुम्विनी नागढुंगा पोखराको सौजन्य तथा नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पहिलो रक्तदाता मीनबहादुर केसीलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । सो अवसरमा होटल लुम्विनीका सञ्चालक कमलप्रसाद न्यौपानेले आफ्नो जन्म दिनको अवसरमा ४९ औं पटक रक्तदान गरेका थिए । तडकभडक नगरी समाजसेवा गरेर जन्म दिन मनाउँदै आएका उनले… पुरा पढौ

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साटिने

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । यस वर्ष विजयादशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ । पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग तमु

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं साधारणसभा तथा ९ औं अधिवेशन आज शनिबार पोखरामा सम्पन्न भएको छ ।संस्थाका कानूनी सल्लाहकार अधिवक्ता कर्ण बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थाले समुदायमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबाट आफू अत्यन्त प्रभावित भइ संस्थाप्रतिको प्रेम र सम्मानमा सृजना गर्नु भएको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुम तमु, तमु धीं यु.के. का पूर्व अध्यक्ष तथा प्रतिष्ठानका अक्षयकोष दाता मुक्षेत्र तमु, गुरुङ साहित्यिक मन्चका संस्थापक… पुरा पढौ