देश

घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने

पोखरा  पोखरा महानगरपालिका वडा नं.१९, घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने भएको छ। चिया खेतीका लागि सो ठाउँको माटो र जमिन उपयुक्त रहेको एक अध्ययनले देखाए पछि वडा कार्यालयको सक्रियतामा नै चिया खेती गर्न लागिएको वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिए। चिया खेतीका लागि शनिवार करिब ५० वटा विरूवा समेत रोपिएको छ। सो कार्यको थालनी गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले  जमिन र हावापानीका कारण पनि यो क्षेत्र चिया खेतीका लागि उपयुक्त रहेको बताउँदै, सफल भएमा आय आर्जनको गतिलो श्रोत… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितालाई नेलम्बो नेपालको साथ

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई नेलम्बो नेपालले साथ दिने भएको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोगसहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौता पत्रमा… पुरा पढौ

एमालेको निर्णय आवेग र उत्तेजनामा, निर्णयबाट म दुःखी छु : विद्या भण्डारी

पोखरा, साउन ९ पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले एमालेको निर्णय आवेग र उत्तेजनामा आएको टिप्पणी गरेकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले यस्तो टिप्पणी गरेकी हुन् । पूर्व राष्ट्रपती भण्डारीले राजनीतिमा संलग्न हुन पाउनु आफ्नो संवैधानिक अधिकार भएको दाबी गरिन् । पार्टीमा फर्किन नदिने र पार्टी सदस्यता निलम्वन गर्ने एमालेको निर्णयबाट आफू दुःखी भएकोसमेत उनले बताईन् । मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन हुनेगरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखीत बनाएको छ,उनले अगाडि थपिन्,‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई… पुरा पढौ

म एमालेमा अहिलेपनि आबद्द छु : भण्डारी

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले अहिलेपनि आफू एमालेमै आबद्द रहेको दाबी गरेकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको थियो । त्योसँगै उनको पार्टी सदस्यतापनि खारेज गरिएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर भण्डारीले भने आफू एमालेमै रहेको बताईन् । आफू विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको उनले तर्क गरिन् । उनले आफू ४५ वर्षदेखि एमाले रहेको र राष्ट्रपतीमा जाँदापनि पार्टीले दिएको जिम्मेवारी लिएर गएकाले पार्टी त्यागेको भन्न नमिल्ने जिकीर गरिन् ।‘म नेकपा… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा कालोपत्रे सडक बन्ने, मन्त्रीद्वारा शिलान्यास

पोखरा, साउन ९ कास्कीको आकर्षक पर्यटकीय गन्तव्य धम्पुस जाने बाटो कालोपत्रे हुने भएको छ । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–७ स्थित पर्यटकीय गन्तव्य धम्पुसमा गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)को ३० करोड १८ लाख ९४ हजारको लागतमा धम्पुस जाने बाटो कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गको हेमजा घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । सो सडक खण्डमा कुल १३.३ किलोमिटर… पुरा पढौ

पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी गाँजासहित एक जना पक्राउ

पोखरा, साउन ८ पोखरा ल्याउँदै गरेको झण्डै ३ केजी लागूऔषध गाँजासहित मंगलबार एक जना पक्राउ परेका छन् । पृथ्वी राजमार्गहुँदै पोखरा ल्याउँदै गरेको ३ केजी ९ सय ग्राम गाँजासहित गोरखा अजिरकोट गा.पा. वडा नं.३ बस्ने बर्ष २५ को प्रकाश गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक हजार रुपैयाँ नगद र एउटा मोवाइलसमेत बरामद गरेको प्रहरीको भनाई छ । ग.६ प. १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई खैरो रङको नर्थ फेस झोलामा लुकाईछिपाई गाँजा ल्याईरहेको अवस्थामा पोखरा–३२ लामेआहालमा प्रहरीले… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेनटाईन चेकपोस्ट राखिने

पोखरा, साउन ८ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट राखिने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार मन्त्रालयले राजपत्रमा विहीबार सूचना प्रकाशित गरेको छ । सो सूचना राजपत्रमा प्रकाशित भएसँगै पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन हुने भएको छ । सरकारले पोखरासँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने जनाएको छ ।… पुरा पढौ

सिटीवान टेलिभिजनको तीज मेलाभाद्र ४ र ५ गते हुने

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तिजको बेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको नाममा हुने कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ । कार्यक्रमा गण्डकी प्रदेश भित्रका करीव १ सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिनु गुरुङ्गले जानकारी दिईन् । यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीहरुलाई तीज सस्कृतीका बारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका समुहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको… पुरा पढौ

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीको १४ बुँदे ध्यानाकर्षण

पोखरा, साउन ६ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयलाई गण्डकी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सुधार सम्बन्धि १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष धर्मराज पन्थी सहितको टोलीले पर्यटन क्षेत्रको गुणस्तर, सुरक्षा, अवैध ट्रेकिङ न्यूनीकरण, पूर्वाधार सुधार लगायतका ११ बुँदे घोषणा पत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा संघ सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर साही ठकुरीलाई बुझाएको हो । ध्यानाकर्षण पत्रमा टान गण्डकीले पदयात्रा… पुरा पढौ

पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबा पक्राउ

साउन ७ गते पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबा पक्राउ परेका छन् । पोखरा–१४ चाउथेमा गत असोज १३ गते साँझ साढे ५ बजे जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक नवजात शिशुका बुबा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा निवासी ३७ वर्षिय गोविन्द लामिछाने रहेका छन् । पुनः सन्तान लाभका लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएका बेला उनलाई पक्राउ गरिएको कास्की प्रहरीले… पुरा पढौ