देश

एमालेले लेखा समिति नछाडेपछि माओवादीले सामाजिक विकास तथा कृषि समितिमै चित्त बुझायो, दमयन्ती बनिन् सभापती

पोखरा, जेठ २३ नेकपा माओवादी केन्द्रकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति बनेकी छन् । यसअघिका सभापती फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि नेतृत्वविहीन् बनेको सभापतीमा विहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन कार्यतालिका थियो । तर समयसीमा भित्र माओवादीकी रुचालको मात्रै उम्मेदवारी परेपछि उनी सभापतीमा निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा लेखा समिति सभापती मागेपनि सत्तारुढ दल एमाले लेखा समिति सभापती छाड्न सहमत नभएपछि अलमलको स्थिति बनेको… पुरा पढौ

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , २३ जेठ त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन,… पुरा पढौ

प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ ।  प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थितिमा मुख्यमन्त्री समक्ष बुझाएका हुन् ।समितिका संयोजक पौडेलले कुनैपनि दवाव, प्रभाव, आग्रह पूर्वाग्रह विना प्रदेश सरकारको एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त राख्न… पुरा पढौ

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगितामा भोलि सेमीफाइनलका खेलहरु हुने

पोखरा, जेठ २३ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा… पुरा पढौ

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु

सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश… पुरा पढौ

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता

पोखरा, जेठ २३पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ ।विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई खेलकुद सहितका र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विद्यालयले आयोजना गरेको बास्केटबलको यो पहिलो प्रतियोगिता हो… पुरा पढौ

प्रतिभाले प्रदेश स्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ आयोजना

पोखरा, जेठ २३पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गण्डकी प्रदेशस्तरिय क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२ आयोजना गर्ने भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आउँदो असार १ देखि ७ गतेसम्म विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता हुने विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन ।यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए… पुरा पढौ

पोखरा-२६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ/जेठ २२पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ ।वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो ।बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिईने उल्लेख गरे । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको स्पष्ट पारे ।विद्यार्थीलाई विज्ञान प्रविधि… पुरा पढौ

विश्व वतावरण दिवसमा जलारी समाजसँग सहकार्यमा नागरिक समाज कास्कीद्वारा खपौंदीदेखि क्षेत्रमा सरसफाई

पोखरा, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा नागरिक समाज कास्कीले जलारी समुदायको सहयोगमा विहीबार फेवातालको सिरान क्षेत्रमा सरसफाई गरेको छ । नागरिक समाज कास्कीले जलारी समुदायसँगको सहकार्यमा फेवातालको सिरान क्षेत्र खपौंदीस्थित प्रतिक्षालयदेखि प्याराग्लाईडिङ ल्याण्डिङ जोनसम्मको करीब ७ सय मिटर क्षेत्रमा प्लाष्टिक जन्य पदार्थ भेला पारेर व्यवस्थापन गरेको नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिएका छन् । सो अवसरमा फेवातालमा माछाको भुरा छाड्ने कामपनि गरिएको उनले जनाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाको नेतृत्व, बृहद… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा रोपियो फुलका बिरुवा

जेष्ठ २२ । पोखरा ।पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।बुलौदि खोलादेखि हल्लनचोक सम्म रहेको करिब २ कि।मी सडक डिभाइडर मा रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका… पुरा पढौ