देश

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३० गते — गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ

दुबईमा शनिबार गुञ्जिदै डि–मर्चा

पोखरा, जेठ ३० पोखरेली चर्चित ब्याण्ड डि–मर्चा भोलि शनिबार दुबईमा गुञ्जिने भएको छ । डि–मर्चा दुबईस्थित क्लव एसके सेभेनमा गुञ्जिने डि–मर्चाका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा रहेको छ । आरएस ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम शनिबार राती ८ बजेदेखि शुरु भएर ३ घण्टाचल्ने चल्ने उनले बताए । प्रस्तुतीका लागि डि–मर्चा दुबई पुगिसकेको छ । शुक्रबार विहान ५ बजेको फ्लाईटबाट डि–मर्चाका चार जना सदस्य नै दुबई पुगेको व्याण्डले जनाएको छ… पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पोखरा, जेठ ३०पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए ।… पुरा पढौ

शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा स्त्री रोग परिक्षण (भि.आई.ए) स्वास्थ्य शिविर सम्पन्न, १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण

पोखरा । शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा निःशुल्क स्त्री रोग परिक्षण स्वास्थ्य शिविरमा १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । डा.सबिन श्रेष्ठ र डा. अमिषा थापाको नेतृत्वमा सञ्चालन गरिएको शिविर विहीबार सम्पन्न भयो ।शहरी स्वस्थ्य १९ मा आयोजित शिविरमा पोखरा महानगरपालीका वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको थियो । बृद्धावस्था महिनावारी रोकिएपछिको अवस्था (वल्र्ड एज पोष्टमेनुपोजल माईल्ड नेचर) का ३० जना, पाठेघरको सुजन १०, इरोजन २०, ३९ जना पाठेघर सामन्य २० जना समान्य संक्रमण… पुरा पढौ

बालश्रमविरुद्ध साझा अभियान जरुरी

पोखरा,२९ जेठ । पोखरामा रहेका अधिकांश मोटरसाइल वक्र्ससप र ग्यारेजमा जाँदा त्यहाँ साना बालकहरु भेटिन्छन् । उनीहरुको काम आफूभन्दा ठूलो मिस्त्रीलाई सघाउनु हुन्छ । उनीहरुको उमेर १४ वर्षभन्दा कम हुन्छ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रकै तथ्याङ्क हेर्ने हो भने, पोखरामा ३ सय २३ जना बालिकासहित १ हजार १ सय ४७ जना बालश्रमिक रहेका छन् । तीमध्ये वक्र्ससप,ग्यारेज र मेटल उद्योगमा काम गर्नेको संख्या करिब ६ सय ५० रहेको छ । वक्र्ससपमा काम गर्ने ती बालकहरु त्यहीँको… पुरा पढौ

भारतीयलाई पोखरामा लगानी गर्न पोउवा संघका अध्यक्ष कार्कीको आग्रह

पोखरा,२९ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् ।नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् । डीएलएफ भारतको अग्रणी रियलस्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बइ र विदेशमा पनि अपार्टमेण्ट र बस्ती निर्माण गर्दै आएको छ ।उनले भारतीय लगानीकर्ताको लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको… पुरा पढौ

पोउवा संघद्वारा हङकङको जिल्ला परिषद् सदस्य अरुणालाई सम्मान

पोखरा,२८ जेठ । पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ । पोखरा उद्यो वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यहरुले अरुणालाई बधाईसहित स्वागत गरेका हुन् ।अरुणाले हङकङमा रहेर त्यहाँका उद्योग वाणिज्य संघहरुमा आयोजना हुने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै आएकी छन् । हङकङ सरकारले उनलाई सन् २०२४ मा नै याउचिम मोङ जिल्लाको प्रतिनिधित्व गर्ने गरी परिषद् सदस्यमा नियुक्त गरेको थियो… पुरा पढौ

जिप्रका कास्कीमा निर्मित बहुउद्धेशीय भवन हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन गरिएको छ । भवनको गण्डकी प्रदेश प्रमुख (डिआइजी) दिनेशकुमार आचार्यले उद्घाटन गरे । पोखरा महानगरपालिका तथा स्थानीय नागरिकसङ्ग सहयोग रकम संकलन गरी निर्माण गरिएको भवन उद्घाटन लगत्तै हस्तान्तरण गरियो । ३२ लाख ७४ हजार रुपैयाँमा निर्माण गरिएको सो भवनको पहिलो तल्ला प्रहरी परिचालन कक्ष तथा अर्को तल्ला बिबिध प्रयोजनका लागि प्रयोग गरिने भवन निर्माण समिती सम्योजक तथा पोखरा-४ का पुर्व अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । उद्घाटन समारोहमा भवन निर्माण समितिका… पुरा पढौ

प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठनको स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न

पोखरा, जेठ २७ प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठनको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई  दिने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि आयोजित तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा प्रेस सेन्टर नेपालका नेता तथा नया पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी घिमिरेले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राईटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारिता सम्बन्धि सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी… पुरा पढौ

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् ।नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद व्यक्त गरे“गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै अब प्रेस दर्ता, नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी… पुरा पढौ