देश

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

आज प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ । यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ । यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको… पुरा पढौ

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र… पुरा पढौ

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गते हुने

कक्षा १२ को परीक्षा सरेको छ । वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि… पुरा पढौ

पोखरामा भइरहेको वुमन्स सुपर कप क्रिकेटमा ईस्लामिया कंकोरसको पहिलो जित

पोखरा, बैशाख ९ पोखरामा भइरहेको क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीपमा ईस्लामिया कंकोरसले पहिलो जित हात पारेको छ । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा ईस्लामिया कंकोरसले फिस्टेल अप्मस्टबिरुद्ध ७३ रनको जित निकाल्न सफल भएको हो । फिस्टेल अप्मस्टले टस जितेर फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको ईस्लामिया कंकोरसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । ईस्लामिया कंकोरसका लागि सिर्जना पौडेलले ५८ बलमा ७३ रन र अमिसा सुनारले १६ बलमा १४ रनको योगदान… पुरा पढौ

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

पोखरा, ९ वैशाख । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिईन् । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिईन् ।तालिमको उद्घाटन कार्यक्रममा… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्की उद्यमशिलता प्रेरित गर्दै

पोखरा, बैशाख ९ महिला उद्यमी संघ नेपाल, कास्कीले कोपिला नेपालमा संरक्षित महिलाहरुका लागि हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थ सहयोग गरेको छ । संघ कास्कीले आफ्नो १६औं स्थापना दिवसको अवसरमा मंगलबार कोपिला नेपालमा संरक्षित महिलाहरुलाई हस्तकलाका सामान उत्पादनमा सघाउ पुगोस् भन्ने उद्देश्यले हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु धागो, कुरुषलगायतका सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको हो । त्यस्तै संघ, कास्कीले नगद २० हजार बराबरको खाद्यान्न सामग्रीसमेत प्रदान गरेको संघ, कास्कीकी अध्यक्ष सरु बरालले जानकारी दिईन् । कार्यक्रममा गण्डकी प्रदेश सभाका… पुरा पढौ

सुनको मूल्य २ लाख नजिक, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसैगरि, चाँदीको मूल्य पनि तोलामा रु १० ले… पुरा पढौ

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । पुरा पढौ

राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बोलाएको छ । शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन् । यद्यपि, सरकार र महासंघबीच पटकपटक संवाद भएका छन्, तर… पुरा पढौ

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, प्रभाव कोशी र गण्डकी प्रदेशमा

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत गण्डकी… पुरा पढौ