देश

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिभा र सृजना भिड्ने

पोखरा, जेठ २४ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९… पुरा पढौ

बाटुलेचौरमा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

पोखरा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताएका छन् । प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दाबी गर्दै यसको औचित्य झनै बढेको दाबी गरे । प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क उनको थियो । पोखराको बाटुलेचौर स्थित बडहरवोटमा निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा… पुरा पढौ

छहारी टोल विकास संस्थाको सडक दौडमा छोरेपाटन मावि हाबी

पोखरा, जेठ २४ गते । पोखरा–१७ घारीपाटन स्थित छहारी टोल विकास संस्थाले शनिबार आयोजना गरेको सडक दौड प्रतियोगिता अन्तर्गत खुल्ला ५ किलोमिटर पुरुष दौडमा छोरेपाटन माविका तेनजोन रोक्का मगर प्रथम भएका छन् । सो स्पर्धामा घारिपाटन टोल विकास संस्थाका युवराज मल्ल द्वितीय, चेतना चालिसे तृतीय, हिमालयन म्युजियम टोल विकास संस्थाका किशोर थापा चौथो र कृतन श्रेष्ठ पाँचौ भएका छन् । त्यस्तै पाँच किलोमिटर महिला खुल्ला तर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम भएकी छिन् । सो स्पर्धामा माच्छापुच्छे टोल संस्थाकी मेनुका… पुरा पढौ

टान गण्डकीको ट्रेकिङ गाइड र ट्रेकिङ पोर्टर गाइड तालिमका लागि ३५० जना प्रशिक्षार्थी अन्तरवार्ताबाट छनौट

पोखरा, २३ जेठ ।पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ ।… पुरा पढौ

एमालेले लेखा समिति नछाडेपछि माओवादीले सामाजिक विकास तथा कृषि समितिमै चित्त बुझायो, दमयन्ती बनिन् सभापती

पोखरा, जेठ २३ नेकपा माओवादी केन्द्रकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति बनेकी छन् । यसअघिका सभापती फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि नेतृत्वविहीन् बनेको सभापतीमा विहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन कार्यतालिका थियो । तर समयसीमा भित्र माओवादीकी रुचालको मात्रै उम्मेदवारी परेपछि उनी सभापतीमा निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा लेखा समिति सभापती मागेपनि सत्तारुढ दल एमाले लेखा समिति सभापती छाड्न सहमत नभएपछि अलमलको स्थिति बनेको… पुरा पढौ

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , २३ जेठ त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन,… पुरा पढौ

प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ ।  प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थितिमा मुख्यमन्त्री समक्ष बुझाएका हुन् ।समितिका संयोजक पौडेलले कुनैपनि दवाव, प्रभाव, आग्रह पूर्वाग्रह विना प्रदेश सरकारको एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त राख्न… पुरा पढौ

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगितामा भोलि सेमीफाइनलका खेलहरु हुने

पोखरा, जेठ २३ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्न ज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा… पुरा पढौ

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु

सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश… पुरा पढौ

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता

पोखरा, जेठ २३पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ ।विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई खेलकुद सहितका र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विद्यालयले आयोजना गरेको बास्केटबलको यो पहिलो प्रतियोगिता हो… पुरा पढौ