देश

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका… पुरा पढौ

लायन्स कप भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

पोखरा, २० वैशाख ।विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ ।लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको… पुरा पढौ

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय… पुरा पढौ

आजको मौसम कस्तो ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम,… पुरा पढौ

आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै

आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो । युनेस्कोले यसवर्ष अर्थात सन् २०२५ का लागि ‘टाईम टु पुट एआई अन द सोसल एजेन्डा’ नारा… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको न्यायीक छानविन गर्न माओवादी महासचिव गुरुङको माग

महासचिव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको न्यायीक छानविन हुनुपर्ने बताए । संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनले भ्रष्टाचारको संकेत गरेकाले अब त्यसको न्यायीक छानबिन हुनुपर्ने उनको भनाई थियो । उपसमितिले बुझाएको प्रतिवेदनले भ्रष्टाचार नै भएको छ त भनेको छैन,उनले भने,‘तर भ्रष्टाचार भएको संकेत गरेको छ । त्यसैले अब शंकाको घेरामा परिसकेकाले यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको समिति बनाएर न्यायीक छानबिन गरिनुपर्छ ।’ उनले न्यायीक छानविनले भ्रष्टाचार भएको प्रमाणित गरे विमानस्थल निर्माणका क्रममा दोषी देखिएकाहरुलाई कारवाहीको भागिदार बनाउनुपर्नेमा… पुरा पढौ

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उनले भने, “त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।” नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत… पुरा पढौ

जनतामा बढेको निराशालाई राजावादीले गणतन्त्र र संविधानकाबिरुद्ध उपयोग गर्न खोज्यो : महासचिव गुरुङ

पोखरा, बैशाख १९ नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण, सुशासनमा कमी आउने कार्य गर्न थालेपछि जनतामा निराशा बढेको छ । त्यहि निराशालाई दरबारिया शक्तिहरुले उपयोग गरेर यो व्यवस्थाको बिरुद्धमा, गणतन्त्रको बिरुद्धमा क्यास गर्न खोजेको छ ।’ महासचिव गुरुङले सरकारले गणतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी त… पुरा पढौ

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै “परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य,… पुरा पढौ

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् । यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन… पुरा पढौ