देश

जलवायु परिवर्तनको मार श्रमिक वर्गमा : हरित रोजगारी नीति अबको आवश्यकता

जलवायु परिवर्तनको असर अब केवल हिमनदी पग्लिने वा समुद्री सतह बढ्ने समस्यामा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव रोजगारी, श्रम, स्वास्थ्य र अर्थतन्त्रमा देखिन थालेको छ, विशेष गरी श्रमिक वर्गमा। गर्मीको लहर, असामान्य वर्षा, चट्याङ, बाढी र सुख्खाजस्ता चरम मौसम घटनाहरूले श्रम बजारमा चुनौती थपिरहेका छन्। नेपालजस्तो विकासोन्मुख मुलुकमा ठूलो संख्यामा श्रमिकहरू खुला आकाशमुनि वा जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य छन्। मौसममा आएको तीव्र परिवर्तनले उनीहरूको उत्पादन क्षमतामा मात्र नभई, जीवनमा नै प्रभाव पार्न थालेको छ। हिमाली क्षेत्र तात्दै, जोखिम बढ्दै… पुरा पढौ

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ : बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा महानगरपालिका वडा नं. २, मिरुवामा नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO” FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज… पुरा पढौ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उहाँलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा… पुरा पढौ

सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की

पोखरा, १७ वैशाख । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ । पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कार्कीले पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा,स्वास्थ्य,पर्यटनको विकास तथा कृषिको व्यावसायिकरणका… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका चार विधामा नोमिनेसन सार्वजनिक

पोखरा, बैशाख १७ पोखरा स्पोर्टस अवार्ड–२०८१ को नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २६ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदी लेकसाईडमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८१ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस अवार्ड–२०८१ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका… पुरा पढौ

आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दु सम्प्रदायमा आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने… पुरा पढौ

मई दिवसमा नेपाल कम्युनिष्ट पार्टीको पोखरामा जनसभा, विप्लवले सम्बोधन गर्ने

पोखरा, बैशाख १६ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभा आयोजना गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले ‘१३६ औं मई दिवस भब्य रुपमा सफल पारौं, नेपाली विषेशताको समाजवाद प्राप्तिको दिशामा अगाडि बढौं’ भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुंगामा बृहद जनसभा गर्न लागेको हो । जनासभालाई नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लव सीले सम्बोधन गर्ने जनाइएको छ । जनसभाअघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने नेकपाले जनाएको छ । सो ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा… पुरा पढौ

घटेको घट्यै अमेरिकी डलरको मूल्य, यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ । हिजो १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएकोको आज प्रतिडलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा… पुरा पढौ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए । प्रतिवेदन ग्रहण गर्दै समितिका सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद लिङ्देनको नेतृत्वमा पोखरा विमानस्थलको अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले… पुरा पढौ