देश

राष्ट्रिय युवा सङ्घको दशौं महाधिवेशन जेठ ९–११ गतेसम्म पोखरामा हुने

सीता परियार पोखरा, २३ वैशाख राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी जेठको दोश्रो साता पोखरामा हुने भएको छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरेर संघको महाधिवेशन आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा गर्न लागेको जानकारी दिएको हो । महाधिवेशनको तयारी शुरु भइसकेको संघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। अध्यक्ष थेबेले महाधिवेशन नेपालका युवाहरूको सशक्तिकरण, संगठनको भविष्यको कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण हुने बताए । महाधिवेशनमा देशका ७७ जिल्लाकै प्रतिनिधि, युवा अगुवा तथा विशिष्ट व्यक्तिहरूको सहभागिता… पुरा पढौ

मैमत्ता वडाध्यक्ष : जसले कुटे कर्मचारी र व्यवसायी

पोखरा, बैशाख २३ पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेका छन् । जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकैदिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन् । जो अगुवा उहि बाटो हगुवा भनेजस्तै मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए । उनले कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपीट गरेको… पुरा पढौ

नो हर्न जोन पोखरामा हर्न आतंक

पोखरा, बैशाख २२ पोखरा हर्न निशेधित क्षेत्र अर्थात ‘नो हर्न जोन’ हो । जहाँ सवारी साधनको हर्न बजाउन प्रतिबन्ध छ । त्यतिमात्र होईन पोखरामा ठूलो साउण्डमा माईकिङ गर्नसमेत पोखरा महानगरपालिकाले निशेध गरेको छ । पोखरा महानगरपालिकाले २०७४ साल साउन १ गतेदेखि पोखरालाई नो हर्न जोन घोषणा गरेको थियो । हर्नका कारण ध्वनी प्रदूषण हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै महानगरले हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो । हर्न निशेधित क्षेत्र घोषणा भएको एक महिनासम्म पोखरामा सचेतना कार्यक्रम… पुरा पढौ

पोखराको सेती नदीमा नुहाउने क्रममा बेपत्ता युवकको शव भेटियो

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा, बैशाख २२ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटिएको छ । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका स्थित मझेरीपाटन बस्ने बागलुङ निसिखोला गाउँपालिका–३ स्थायी घर भएका १८ वर्षीय युवराज वि.क.को शव सोमबार फेला परेको हो । उनको शव मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ । विक पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । आज दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएका उनको… पुरा पढौ

पोखरा-मुग्लिङ सडक विस्तार: विद्युत् पोल एक साताभित्र हटाइँदै

निर्माणाधीन पोखरा-मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा… पुरा पढौ

पोखरामा सप्ताहब्यापी रूपमा बुद्ध जयन्ती मनाइने

२६४९ औं बुद्धजयन्ती पोखरामा पनि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने भएको छ । बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी पोखरामा बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने जानकारी दिएको हो । समिति अध्यक्ष टेकबहादुर तामाङले सोमबार बिहान शुभारम्भ र्‍याली तथा साइकल र्‍याली गरेर सप्ताहब्य्यापी कार्यक्रम सुरु हुने बताए । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत साताभरी गुम्बा विहारमा विशेष पूजाका साथै विविध कार्यक्रम हुने बताए । बुद्ध जयन्तीको मुख्य दिन वैशाख २९ गते पूर्णिमाको दिन धर्मशिला बुद्ध विहार नदीपुरबाट शान्ति… पुरा पढौ

पोखरा कस्तो बनाउने भन्ने विषयमा कास्की कांग्रेसले सुझाव संकलन गर्दै

पोखरा, २१ वैशाख ।नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार पर्यटन तथा… पुरा पढौ

लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

बैसाख २० ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं. २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व… पुरा पढौ

वसन्त काव्य महोत्सवमा स्रष्टाको सम्मानसहित साहित्यिक बहस

पोखरा, २० वैशाख । प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव शनिबार सम्पन्न भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरमा २ दिनसम्म चलेको महोत्सवमा विविध साहित्यिक गतिविधि भए । समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्य थियो । सो अवसरमा मेयर आचार्यसहित कार्यक्रमका परिकल्पनाकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, अल्फा बोर्डिङका प्रिन्सिपल सुरेन्द्रमान सिंह भण्डारी, कवि ज्योति जंगल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । दोस्रो दिन नेपाली गजल एवं नेपाली कविताबारे पोखरा परिचर्चा भयो । ‘नेपाली… पुरा पढौ