देश

पोखरामा खुल्यो गोरेटो कन्सल्टेन्सीको ब्राञ्च, महानायक राजेश हमालले गरे उद्घाटन

पोखरा, माघ १६ नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको ब्राञ्च पोखरामा सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलस्थित मारवाडी भोजनालयको पारिपट्टी गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो । ब्राञ्चको बुधबार नेपाली चलचित्रका महानायक राजेश हमालले रिबन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै महानायक हमालले गोरेटो कन्सल्टेन्सीको पोखरा ब्राञ्च विदेश अध्ययन गर्न जाने विद्यार्थीको पहिलो रोजाई बन्ने विश्वास व्यक्त गरे । मेरो भविष्य कहाँ छ भन्ने कुरा विद्यार्थी र उसको… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य बुधबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो। यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

सहिद दिवस मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि… पुरा पढौ

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई एमालेको निर्देशन

माघ १५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांंसदलाई निर्देशन दिएको हो । प्रतिनिधिसभामा सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताए । उनले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार… पुरा पढौ

अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्छ : अध्यक्ष प्रचण्ड

माघ १५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउँदा देशमा नयाँ चुनौति उत्पन्न हुन सक्ने बताएका छन् । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा प्रतिष्ठानमा आज आयोजित सभामा अध्यक्ष प्रचण्डले अध्यादेशकै भरका काम गर्दा जनताका अधिकार सङ्कुचित हुन सक्नेतर्फ सचेत गराए । प्रतिपक्ष गठबन्धनले विशेष अधिवेशनको माग गरेपछि सरकारले अधिवेशन बोलाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसद् बस्न अगाडि सबै विपक्षी दलहरूको बैठक बस्ने जानकारी दिए । प्राप्त राजनीतिक उपलब्धिको… पुरा पढौ

पोखरामा ४ दिने योग प्रज्ञा साधना (ध्यान शिविर) हुँदै

पोखरा, माघ १५ पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविर हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म ध्यान शिविर हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विहान ७ बजेदेखि राती ८ः३० बजेसम्म हुने शिविर दुई भागमा बाँडेर हुने ओशो अखण्डले जानकारी दिए । उनका अनुसार पहिलो दुई दिन शिविरमा सहभागीहरुको दुःख बुझेर त्यो दुःख कसरी निवारण गर्न… पुरा पढौ

रुख कटान खुलाउँदै गण्डकी सरकार

पोखरा, माघ १५ गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ । गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो । यसअघि रुख कटान सम्बन्धि कार्यविधी नहुँदा गण्डकीमा २०७७ सालदेखि रुख कटान रोकिएको थियो । जसले गर्दा ढलापडा रुखसमेत कटान गर्न नपाउँदा गण्डकीका अधिकांश सामुदायिक तथा सरकारी वनमा रुख कुहिएर जाने अवस्थामा छ । तर अब ढलापडा रुख कटान गर्न मिल्नेगरी कार्यविधी ल्याउन लागेको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री… पुरा पढौ

नेपालमा पाठेघरको क्यान्सरले दैनिक ४ जनाको मृत्यु

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन्… पुरा पढौ

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह… पुरा पढौ

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ… पुरा पढौ