देश

यस वर्ष विपद्ब हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्ब हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिए । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन ९जेठ २८–… पुरा पढौ

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, अमेरिकी डलरको मूल्य बढेन

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने… पुरा पढौ

आजको मौसमः गण्डकीसहितका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई… पुरा पढौ

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् । पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र… पुरा पढौ

सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

भदौ ३० काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुपर्ने बताएका हुन् । मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव… पुरा पढौ

प्रतिनिधिसभा बैठक स्थगन, भोलि १ बजे बस्ने

भदौ ३० काठमाण्डौं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो । प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा… पुरा पढौ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आइतबार मध्यरातीबाट लागु हुनेगरि मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा चार रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै अब पोखरामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएसँगै मूल्य समायोजन गरिएको हो । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की, उप-महासचिवमा प्रधानाङ्ग बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की बिजयी भएका हुन् । कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । बिजयी कार्की निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पोखरेल दोश्रो पटक अध्यक्षमा पराजित भए । संघको उप(महासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भए । प्रत्यासी बालकृष्ण… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की बिजयी भएका हुन् । बिजयी कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको चुनाव : १३९९ गणना गर्दा ३२२ मतान्तरले कार्की अगाडि

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले अग्रता जारी राखेका छन् । १ हजार ३ सय ९९ मत गणना गर्दा कार्की ३२२ मतान्तरले अग्रता जारी राख्न सफल भएका छन् । हालसम्मको मत परिणाम अनुसार कार्कीले कार्कीले ८ सय ५४ मत प्राप्त गर्दा पोखरेलले ५ सय ३२ मत प्राप्त गरेर पछ्याईरहेका छन् । पुरा पढौ