देश

वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट

भदौ १५ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख अतिथि भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताउनुभएको हो । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनको भनाई छ । ‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै… पुरा पढौ

टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन्। टान गण्डकीको शनिबार सम्पन्न अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष आचार्यलाईअध्यक्षमा चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सड्रौला, सह-सचिवमा भुपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दिपकप्रसाद सापकोटा निर्विरोध चयन भएका छन्। कार्यसमिती सदस्यहरुमा प्रकाश पौडेल, माधबप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा धर्मराज पन्थी छन् । पुरा पढौ

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरा, भदौ १५ पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो… पुरा पढौ

चर्चामा रहेका प्रकाश तुम्लीङटार हुँदै भोजपुर पुगे

भदौ १५ भोजपुर । ‘हेर्ने कथा’ नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले चर्चामा रहेका प्रकाश तामाङ शनिबार काठमाडौंबाट तुम्लीङटार विमानस्थल भएर भोजपुर पुगेका छन् । झापाबाट काठमाडाँैं हुँदै हराएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए । तर परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् । उनलाई शुक्रबार मात्र चुमनब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ बिदा गरेकी थिइन् । पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री प्रचण्ड

भदौ १५ सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।” उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण… पुरा पढौ

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल

भदौ १५ बुटवल । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने,“अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।” उनले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको छ… पुरा पढौ

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

भदौ १५ काठमाण्डौं । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौं वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध… पुरा पढौ

एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

भदौ १५ काठमाण्डौं । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको पहिलो वर्ष विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । “कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको एक वर्षमा एमसिए नेपालले महत्वपूर्ण… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

भदौ १५ पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति… पुरा पढौ

पोखरा भित्रिने नाकादेखि नै पर्यटकलाई जबरजस्ती स्कर्टिङ, रोक्न व्यवसायीको माग

पोखरा, भदौ १५ पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरुले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार आयोजित १२ औं साधारण सभामा बोल्दै पोखरा सिटी क्षेत्रका होटल व्यवसायीहरुले पर्यटक चढेको गाडीलाई पोखरा छिर्ने नाकाबाटै स्कर्टिङ गरेर आफ्नो होटलमा लैजाने प्रवृत्ति अझै नघटेको बताएका हुन् । पोखरा लेकसाईडका ठूला होटलहरुले पर्यटकलाई पोखरा भित्रिने नाकाहरु छोरेपाटन, कालीमाटी, गगनगौंडा, बिजयपुरबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको उनीहरुको आरोप छ । यसअघिपनि पोखराका ठूला होटलहरुले… पुरा पढौ