देश

पारालिम्पिकः पलेशालाई ऐतिहासिक कास्यपदक

भदौ १५ काठमाण्डौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका… पुरा पढौ

राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइन्छ : मन्त्री भण्डारी

भदौ १४ काठमाण्डौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताएका छन् । श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन सङ्गठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरुको सुझाव लिएर परिमार्जन गरी संसद्मा लैजाने बताए । नेपाली श्रमिक वैदेशिक रोजगारमा जाँदादेखि फर्कने बेलासम्म सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उनले आप्रवासनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्न नीतिमा प्रस्ट व्यवस्था गरिएको बताए । मन्त्री भण्डारीले कामदारलाई भाषा र… पुरा पढौ

भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा माओवादीले रेकर्ड कायम गर्‍यो : अध्यक्ष प्रचण्ड

भदौ १३ कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी… पुरा पढौ

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

पोखरा, भदौ १४ पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी… पुरा पढौ

वन पैदावर सामग्रीमा गण्डकी प्रदेश सरकारले लगाएको ३० प्रतिशत कर लागु नगर्न सर्वोच्चको आदेश

पोखरा, भदौ १४ गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले वन ऐन बनाएर सामुदायिक वनमा रहेका वन पैदावर सामग्री बाहिर बिक्री गर्दा ३० प्रतिशत कर लगाउने प्रावधान बनाएपछि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत गएको थियो । गण्डकी प्रदेश सरकारलाई विपक्षी बनाएर महासंघले हालेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र… पुरा पढौ

द्वन्द्व पीडितहरु भन्छन् : टिआरसी ऐनमा डेढलक नगरौं, कार्यान्वयनमा चनाखो बनौं

पोखरा, भदौ १४ गण्डकीका द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐन कार्यान्वयनमा चनाखो बन्नुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय बेपत्ता पार्ने कार्यकिरुद्धको दिवस २०८१ के अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की, एड्भोकेसी फोरम नेपाल, अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, नेफाड, कोपिला नेपाल, सिविन नेपाल, ईन्सेक गण्डकीलगायतले शुक्रबार पोखरामा आयोजना गरेको ‘संक्रमणकालीन न्याय सम्बन्धी ऐनको बारेमा छलफल कार्यक्रममा बोल्दै उनीहरुले टिआरसी ऐन स्वागत योग्य भएपनि यसको कार्यान्वयनमा चनाखो हुनुपर्नेमा… पुरा पढौ

मुना पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ… पुरा पढौ

विस्फोटक वस्तु विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको… पुरा पढौ

७ : ३४ मा भूकम्पको धक्का

भदौ १३ बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । रासस पुरा पढौ

प्रतिभा माविद्वारा सिपीआरएस अध्यापन मोडलबारे अभिभावकलाई अभिमुखीकरण

पोखरा, भदौ १३ पोखरा नदीपुरमा रहेको प्रतिभा माविले अभिभावकका लागि सिपीआरएस मोडलबारे अभिमुखीकरण आयोजना गरेको छ । प्रतिभा माविले सिपीआरएस मोडल लागु भएको कक्षा १ का विद्यार्थीका अभिभावकलाई लक्षित गरेर विहीबार अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा सिपीआरएस मोडल लागु गर्ने लावण्य ईन्टरनेसनलका फाउण्डर मनोजकुमार पण्डितले सहजीकरण गरेका थिए । उनले सबै विद्यार्थीको क्षमता एउटै नहुने र उनीहरुको सिक्ने तरिकापनि छुट्टाछुट्टै हुने बताए । ‘त्यसैले विद्यार्थीको अवस्था हेरेर सिकाउने र पढाउने गर्नुपर्छ । त्यसमा शिक्षकसँगै अभिभावककोपनि दायित्व उत्तिकै हुन्छ’(उनले… पुरा पढौ