देश

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

भदौ १२ काठमाण्डौं । सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका थिए । सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गरेकोे यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि… पुरा पढौ

प्रतिनिधिसभा बैठकः दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण

भदौ १२ काठमाण्डौं । प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराए । उनले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गरे… पुरा पढौ

जिएमसीले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउने

पोखरा, भदौ १२ गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउने भएको छ । पोखरा नयाबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७ रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो । भवनको शनिबार कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरे । अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष अर्यालले बताए । सो सञ्चालनका लागि ३ अर्बको लागतमा विशिष्टिकृत ७५० शैयाको अध्याधुनिक भवन बनाउन लागिएको उनको भनाई… पुरा पढौ

शान्तिसुरक्षा र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि भूमिकाः गण्डकी मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुुनी राज्यको अनुुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन । मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुुनी राज्यको अनुुभूति दिलाउन सकिने बताए । भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उनले विश्वास व्यक्त गरे। संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उनले समायोजन नहुँदा चाहेर पनि प्रदेश… पुरा पढौ

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको… पुरा पढौ

अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा

पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर–५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताए । डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उनले बताए । पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो… पुरा पढौ

आजको मौसम: देशभर आंशिक वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको… पुरा पढौ

समाजबादीको सचिवमा कास्कीका श्रीनाथ बराल बिजयी

नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी भएका छन्। समाजवादीको ५ सचिवमा बरालसहितका नेताहरु विजयी भएका हुन्। नेता बराल १०७ मतसहित विजयी हुँदा शेरबहादुर कुँवर १५३, चन्द्रबुदार शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्री कुमारी भुसाल १०६ मत पाएर विजयी भएको निर्वाचन समितीले जनाएको छ । पुरा पढौ

संसददेखि सडकसम्मबाट खबरदारी गर्छौं : अध्यक्ष प्रचण्ड

भदौ ११ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाएका छन् । वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उनले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गरे । आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने… पुरा पढौ

सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ : अर्थमन्त्री पौडेल

भदौ ११ काठमाण्डौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गरे । “राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भने । सरकारको स्थिरतासँगै अब… पुरा पढौ