देश

ओमानका विदेश मन्त्री हमूद अल्बुसैदी स्वदेश फिर्ता

भदौ ११ काठमाण्डौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार आएका थिए । भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री… पुरा पढौ

रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित

भदौ ११ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वापाको केन्द्रीय समितिको आजको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भने, “बैठकले पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको छ ।” केन्द्रीय समितिकोे यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका… पुरा पढौ

साफ च्याम्पियनसिप : भोलि उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्ने

भदौ ११ काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए । यही भदौ… पुरा पढौ

ब्राजिलमा ट्रान्जिटमा अलपत्र १७६ नेपाली सकुशलः नेपाली दूतावास

भदौ ११ काठमाण्डौं । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पु¥याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पु¥याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो… पुरा पढौ

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

भदौ ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन् । उनले रु १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गरे । छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा… पुरा पढौ

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा, भदौ ११ गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।… पुरा पढौ

नेप्से परिसूचकमा निरन्तर गिरावट

यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री… पुरा पढौ

लामाचौर तिज महोत्सव भदौ १८ गतेदेखि, राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५/५ टिम सहभागी हुने

पोखरा, भदौ ११ पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ५÷५ टिम सहभागी हुने भएका छन् । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक वर्ष आयोजना गर्दै आएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुबैतर्फ विभागीयसहित ५÷५ टिम प्रतिष्पर्धामा उत्रिने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म चल्ने जनाइएको छ । लामाचौर तिज महोत्सवमा… पुरा पढौ

घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।… पुरा पढौ

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’

पोखरा । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !” तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उनको भनाइ थियो । गायक एवं सङ्गीतकार बसन्त थापा माझीको तीज गीत आउँदा उत्साहित भए । “बल्ल तीज आए झैँ भो,… पुरा पढौ