देश

तनहुँ बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

भदौ १० काठमाण्डौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो । अस्पतालका डा रोहित सिंहले भने, “बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ,… पुरा पढौ

ओमानका विदेश मन्त्री हमूद अल्बुसैदी काठमाण्डौंमा

भदौ १० काठमाण्डौं । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न काठमाण्डौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् । उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

भारतलाई हराउँदै बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा

भदौ १० काठमाण्डौँ । डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो । आज खेलको निर्धारित ९०औँ मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

भदौ १० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् । यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए । मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण… पुरा पढौ

‘जनयुद्धका बेपत्तालाई सहिदकै दर्जा’

पोखरा, भदौ १० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्तालेपनि सहिदकै दर्जा पाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको छानविन गर्दा नभेटिएमा उनीहरुलाई सहिदको दर्जा दिईने बताएका हुन् । संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने भन्दै उनले भने,‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होईन । बेपत्ताका लागिपनि हो । बेपत्ताको छानविन हुन्छ । छानविनमा भेटिएन भने सहिदकै… पुरा पढौ

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पोखरा, भदौ १० पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो। पश्चिमाञ्चलले २५–९, २५–१४ र २५–२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात पारेको हो । पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधि हात पारेसँगै पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो। क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेश्रोपटक उपाधि हात… पुरा पढौ

जनप्रतिनिधि र कर्मचारीको साझा सहकार्यले नै दुवै पक्षको कार्यकाल सफल हुने हो: प्रमुख प्रशासकीय अधिकृत पुनमगर

पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः १. निसीखोला गाँउपालिकालाई कार्यक्षेत्रका लागि किन… पुरा पढौ

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भदौ ९ काठमाण्डौं । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो । त्यस्तै नेपालका… पुरा पढौ

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ : अर्थमन्त्री पौडेल

भदौ ९ काठमाण्डौं । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताए । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना… पुरा पढौ

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

भदौ ९ काठमाण्डौँ । सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “नेपाल सरकार गृह मन्त्रालयको मिति २०८१÷०३÷१० को राजपत्रको भाग ५ बुँदा नं. (क)मा प्रकाशित ‘नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्ने’ भन्ने व्यवस्थामा उल्लिखित ‘सट्टा’… पुरा पढौ