देश

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

जेठ २५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गरेका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाण्डौं उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए । प्रधानमन्त्रील भने, “तपाईंहरूको फोरमले काठमाण्डौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय सङ्घीय… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट अघि नै विश्वासको मत लिने

पोखरा, जेठ २५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि नै विश्वासको मत लिने भएका छन् । गण्डकीमा बहुमतको अन्यौलले नीति तथा कार्यक्रम ल्याउन ढिलाई भइरहेको छ । नीति तथा कार्यक्रम ल्याएर पारित नभएमा सरकार अल्पमतमा परेको सन्देश जाने डर मुख्यमन्त्री पाण्डेमा छ । त्यसैले उनले नीति तथा कार्यक्रम अघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका… पुरा पढौ

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशद्धारा मन्त्रीलाई ५ बुदें माग पत्र

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ । सो अवसरमा मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत गण्डकी प्रदेश तथा गोरखा, कास्की, पर्वत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेद्धारा हस्ताक्षरित उक्त माग पत्रमा सुकुम्बासी भूमिहिन,… पुरा पढौ

सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक : सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताउनुभएको छ । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ अन्तर्गतको ‘पावर संवाद’ सत्रमा उनले आइटीसम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताइन । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइ सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री शर्माले उक्त अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरि , चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ ।… पुरा पढौ

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, “प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।” सोही बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण… पुरा पढौ

प्रधानमन्त्री कप भलिबलमा पुरुषतर्फ एपिएफ विजयी

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित ग¥यो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल ग¥यो । एपिएफले खेलको दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो… पुरा पढौ

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

जेठ २४ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोप्रति आभार व्यक्त गरे । उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक… पुरा पढौ

प्रतिभा माविमा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु

पोखरा, जेठ २४पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ ।विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीनदिने उक्त फेयरमा दुइहजार जना भन्दा बढी विद्यार्थी सहभागि हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागि छन । ती सबै सहभागीले यो पटक एसइइ परीक्षा दिएका छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत… पुरा पढौ

कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गर्छौँः गृहमन्त्री लामिछाने

जेठ २३ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान कानुनअनुसार कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गरिने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको नागरिकतासम्बन्धी छलफलमा उनले विद्यमान कानुनले दिएका तर कार्यविधिमा अस्पष्टताका कारण नागरिकता दिन समस्या भएमा समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए । कानुनले दिँदैन भन्नेका हकमा भने नागरिकता पाउन अझै केही समय लाग्ने उनले स्पष्ट पारे । नागरिकता प्रदान गर्दा कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारीको स्वविवेक पनि महत्वपूर्ण हुने भन्दै उपप्रधानमन्त्री लामिछानेले संविधानले दिएको… पुरा पढौ