देश

सुनको भाउ निरन्तर उकालोतिर,आज एक हजारले बढ्यो मुल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा पाँच केन्द्रमा छात्रवृत्ति छनौट परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणू कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ । यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवम् यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए ।… पुरा पढौ

विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै

आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल… पुरा पढौ

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐन कानुन नखोजौँ’

जेठ २१ काठमाण्डौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण जटिल भएको भन्न नमिल्ने बताउँदै विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुनेमा जोड दिए । उनले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई… पुरा पढौ

साफ महिला फुटबल प्रतियोगिता काठमाण्डौंमा हुने

जेठ २१ काठमाण्डौं । साफ महिला फुटबल प्रतियोगिता काठमाण्डौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए । यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको… पुरा पढौ

पोखरामा श्रमाधान रोजगार मेला सुरु

जेठ २१ पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे । मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताए । “रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो”, उनले भने, “नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई… पुरा पढौ

पोखरामा होमवर्क नगरेको भन्दै शिक्षकबाट विद्यार्थी कुटिए, शिक्षक पक्राउ

पोखरा, जेठ २१ पोखराका एक विद्यार्थीलाई कुटपीट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई कुटपीट गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका वडा नं.–६ खोलाको छेउ बस्ने ३२ वर्षिय सुदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षक अधिकारीले गृहकार्य (होमवर्क) नगरेको तथा अक्षरपनि राम्रो नभएको भन्दै ती विद्यार्थीलाई कुटपीट गरेको कास्की प्रहरीले जनाएको छ । ती शिक्षकले विद्यार्थीको पछाडि पट्टीको भागमा लठ्ठीले… पुरा पढौ

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा खगराज अधिकारी समूहका जीवन आचार्य बिजयी

पोखरा, जेठ २१ नेकपा एमाले पोखरा महानगर कमिटीमा खगराज अधिकारी समूहले बर्चस्व जमाएको छ । एमाले पोखरा महानगर कमिटीको सोमबार सम्पन्न अधिवेशनमा अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुमा अधिकारी समूहले बर्चस्व जमाएको हो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूह र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले प्यानलै बनाएर गरेको प्रतिष्पर्धामा अधिकारी समूह हाबी भएको हो । अध्यक्षमा अधिकारी समूहका जीवनप्रसाद आचार्य गुरुङ समूहका दीपक पौडेललाई ६७ मतान्तरले पछि पार्दै बिजयी भए । कुल ४८७ मत खसेकोमा निर्वाचित अध्यक्ष आचार्यले २… पुरा पढौ

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकि हुन । रासस पुरा पढौ

आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो । कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए । “ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण… पुरा पढौ