देश

पोखरा बहुमुखी क्याम्पसमा वृक्षरोपण

जेठ २३ पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा वहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।बुधबार क्याम्प्सले वृक्षरोपण सहित सचेतना र्‍यालीसहित विश्व वातावरण दिवस मनाएको हो । क्याम्पमा रहेको विद्यार्थीहरुको संगठन नेचर क्लवले वन डिभिजन कार्यालय कास्कीको सहयोगमा विभिन्न सौन्दर्यकरणका विरुवाहरु रोपिएको छ । यसअघि क्याम्पसबाट सचेतना र्‍याली निकालिएको थियो । क्याम्पसबाट निकालिएको र्‍याली पोखराका विभिन्न क्षेत्रको परिक्रममा गर्दै पुन क्याम्पसमा नै पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागिहरुले ‘हाम्रो भूमि हाम्रो भविष्य’, ‘फोहोरमैला व्यवस्थापन गरी वातावरण सफा राखौं’,… पुरा पढौ

गुटको पछि नलाग्न आग्रह गर्दै प्रचण्डले भने : ‘म अहिलेपनि चुनुवाङकै बाटोमा छु, जनक्रान्तिकै बाटोमा छु’

पोखरा, जेठ २३ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरुलाई गुटको पछि नलाग्न अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको प्रदेश स्तरिय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘गुटको पछि नलाग्नु होला, लाग्न नदिनुहोला । गुटले कहिं लाँदैन बरु भड्खालोमा लान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पार्टी भित्र गुट रहेको संकेत गरेपनि त्यो ठूलो रुपमा नरहेको दाबी गरे । पार्टी भित्र ठूलै गुट छ भनेर गुटको पछि नलाग्नुहोला भनेर आफूले… पुरा पढौ

मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो । प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।… पुरा पढौ

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ २२ लुम्बिनी । लुम्बिनी प्रदेश सरकारकोे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको बैठकमा पेस भएको कार्यक्रमलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेस गर्दा सत्तापक्षका प्रदेशसभा सदस्यको बहुमतमा नीति तथा कार्यक्रम पारित भएको हो । यसअघि प्रदेशसभाको आजको बैठकमा सदस्यले छलफलका क्रममा उठाएका विषयमा मुख्यमन्त्री जोखबहादुर महराले जवाफ दिएका थिए । उनले नीति तथा कार्यक्रममा सबै… पुरा पढौ

बजेट मैले ल्याउँछु तर कसले पास गर्छ थाहा छैन : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशप्रति धेरै नै नफरत बढेको बताएका छन् । पोखराको लेखनाथमा मंगलबार आयोजित दीगो विकास लक्ष्म हासिल गर्न ‘स्थानिय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्र्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी र नेताहरुको व्यवहारका कारण प्रदेशप्रति नफरत बढेको बताएका हुन् । वर्षमा तीन पटक प्रदेश सरकार फेरिने भइरहेको छ,उनले भने,‘आज जे भइरहेको छ, अहिले त्यो जनताप्रति उत्तरदायी भएर भइरहेको छैन । यहि कृयाकलापका कारण प्रदेशप्रति धेरै नफरत छ । धेरै प्रश्नहरु उठेका… पुरा पढौ

‘पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’ : सांसद परियार

जेठ २२ काठमाण्डौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१/८२ को बजेटमाथि छलफलका क्रममा उहाँले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताए । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी… पुरा पढौ

बजेट महत्वाकांक्षी होइन, उत्पादनमुखी छ : अर्थमन्त्री पुन

जेठ २२ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पारे । अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड पोखरामा, बुधबार पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने

पोखरा, जेठ २२ प्रधानमन्त्री प्रचण्ड पोखरा आईपुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार अपराह्न ५ बजे हवाई मार्गबाट पोखरा आईपुगेका हुन् । उनी पार्टीको प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन पोखरा आएका हुन् । पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम बुधबार पोखरा सभागृहमा आयोजना हुँदैछ । पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन बुधबार अपराह्न ५ बजे पोखरा आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्मा, सह–ईञ्चार्ज हरिराज अधिकारी (कुमार), प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुसुम),… पुरा पढौ

सुनको भाउ निरन्तर उकालोतिर,आज एक हजारले बढ्यो मुल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा पाँच केन्द्रमा छात्रवृत्ति छनौट परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणू कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ । यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवम् यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए ।… पुरा पढौ