देश

विरोधका बीच अधिकारीले विश्वासको मत पाएको घोषणा

पोखरा, बैशाख २३ गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । जसको बहुमत ३१ हुनुपर्ने हो । तर आइतबार विश्वासको मत माग्दा ३० लाई नै बहुमत मानिएको छ । गत चैत २५ गते सभामुखलाईसमेत गणना गरेर खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । जसलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले वैधानिकता दिदै मुख्यमन्त्रीमा नियुक्त गरे । सभामुखलाईसमेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस र त्यसैका आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्ती खारेज गर्न माग… पुरा पढौ

जंगलमा आगो लगाउने कास्कीका एक व्यक्ति पक्राउ

पोखरा, बैशाख २३ जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको हो । वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए । ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो… पुरा पढौ

गठबन्धन अपवित्र भएकाले गण्डकीमा विश्वासको मत दिन सक्दैनौं : राप्रपा

पोखरा, बैशाख २३ राप्रपाले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । अधिकारीले मागेको विश्वासको मत सम्बन्धि प्रस्तावमा बोल्दै राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङले वर्तमान गठबन्धन अपवित्र गठबन्धन भएकाले विश्वासको मत दिन नसकिने बताएका हुन् । गुरुङले जनमत दलहरु मिलेर सरकार बनाउने भएपनि वर्तमान गठबन्धन अपवित्र भएको बताए । त्यसका साथै अहिलेको गठबन्धनले राप्रपासँग गठबन्धन बनाउँदा छलफलपनि नगरेको तथा गठबन्धन बनेपछि तथानाम गाली गर्दै सहकार्यको बाटो बन्द गरेकाले विश्वासको मत दिन नसकिने उनको… पुरा पढौ

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यू

पोखरा, बैशाख २२ पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नं–१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरा–मालेपाटनका करीब १५ वर्षिय किशोर सोनम सुवेदीको मृत्यू भएको सशस्त्र प्रहरी कालिका गण पोखराले जनाएको छ । मृतक सुवेदीसँगै अर्का एक बालकपनि आज आईतबार दिउँसो करीब १ः३० बजे पौडी खेल्न गएका थिए । सुवेदी पौडी खेल्ने क्रममा खोलामा डुबेपछि ती बालकले आफन्त, प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । तत्काल उद्धारमा गएको सशस्त्र प्रहरीको… पुरा पढौ

जबरजस्ती करणी गरेर फरार प्रतिवादी १० वर्षपछि पोखराबाट पक्राउ

पोखरा, बैशाख २३ जबरजस्ती करणी गरेर फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी गरेर फरार भएका स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १५ क्रान्तिटोल बस्ने ३७ वर्षिय पुर्णबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आज विहान ८ बजे पक्राउ गरेको हो प्रहरीले जनाएको छ । गुरुङले अन्य ३ जनासहितको सहभागितामा १० वर्षअघि २०७१ साल असार ६ गते… पुरा पढौ

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको… पुरा पढौ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो । यही वैशाख २५ गते भातरको नयाँ दिल्लीमा आयोजना हुने ‘रिजनल मिटिङ फर दी लन्च अफ… पुरा पढौ

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ । परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे… पुरा पढौ

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध… पुरा पढौ

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का… पुरा पढौ