देश

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री गुरुङ

सरकारका गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृह मन्त्रालय क्रियाशील रहेको बताएका हुन् । गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए । “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छरु” उनले प्रश्न गरे ।गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा… पुरा पढौ

पदयात्राका क्रममा सम्पर्कविहीन भएका पोखराका तीन युवाको उद्धार

मर्दी हिमाल पदयात्रामा सम्पर्कविहीन भएका तीन जना युवाको सकुशल उद्धार गरिएको छ । ३ दिनअघि पोखराबाट मर्दी हिमालको पदयात्रामा गएका पोखरा १४ का करण लामा, अजित जिसी र युकेश गुरुङलाई बिहिबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मोदी खोला किनारबाट उद्धार गरेको हो ।पहिला करण केसीलाई उद्धार गरेको टोलीले त्यसपछि अजित जिसी र युकेश गुरुङलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई मोदी खोलाको अप्ठ्यारो… पुरा पढौ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक,श्रेणीविहीन कर्मचारीको २९ हजार, मुख्य सचिवको ९० हजार बढी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३,८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानमा ‘न्यूरो आर्ट’ कार्यशाला, भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

पोखरा २० साउन । गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य ९न्यूरो आर्ट० कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको बताइन्। उनले यस्ता… पुरा पढौ

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधिशिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । दुवै देशबीच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन सम्भावनाका विषयमा समेत विचारविमर्श भएको थियो । सो अवसरमा महानगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय… पुरा पढौ

पदयात्रामा निस्किएका पोखराका ३ युवा सम्पर्कविहिन

मर्दी हिमाल पदयात्रामा निस्किएका ३ युवा सम्पर्कविहिन भएका छन् । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र दिपेश गुरुङ सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ। उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।उनीहरु जंगलमा बाटो बिराएको हुन सक्ने बताईएको छ । उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमै थिए। त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन। युवाहरु हराएको सूचना पाएपछि खोजी कार्य तीव्र पारिएको छ। भेँडावारी प्रहरी पोस्टबाट प्रहरी… पुरा पढौ

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा पर्वतका प्रा डा खड्गबहादुर केसी

सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिईन् । बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा डा खड्गबहादुर केसी पर्वत र सचिवमा प्राध्यापक डा रोजी श्रेष्ठ भोजपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।त्यसैगरी, बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल इन्टरमोडेल यातायात विकास समिति गठन… पुरा पढौ

देशभर खाना पकाउने ग्यासको चरम अभाव, पोखरामा पनि उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य

बिगत एक सातादेखि देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाण्डौंमा मात्र नभई पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास अभाव भएपछि उपभोक्ता दिनभर ग्यासको खोजीमा लाईन बस्न बाध्य भएका छन् । बिभिन्न स्थानका डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन कुर्दा पनि सिलिन्डर ग्यास पाउँन नसकेको गुनासो गरेका छन् । पोखराका बिभिन्न ठाउँमा पनि आज बिहानै देखि उपभोक्ताहरु डिलर अगाडी घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् । पोखराको… पुरा पढौ

सरकारद्वारा राष्ट्रिय कृषि नीति, २०८३ जारी,कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकता

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त नीतिकाबारे आफ्नो धारणा राख्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताईन् ।… पुरा पढौ

१९ बुँदे सहमतिपछि अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य

विभिन्न माग राखेर सत्याग्रहमा बसेकी नर्सअभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियन्ता रानाभाटले ६ दिनदेखि जारी अनसन अन्त्य गरेकी हुन् । उनी बिभिन्न माग राखेर यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिईन् । सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक… पुरा पढौ