देश

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न २ चिनियाँ नागरिकसहित ९ जना पक्राउ

पोखरामा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने ९ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्ला दिनमा पोखरामा चोरीका घटना बढेको गुनासो पछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न ४ विदेशी सहित ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चीनको गोञ्जाउका वेन जिइ, सानडोङ्गका वाङ लियायिङ्ग,भारतको महाराष्ट्रकासोमनाथ हनुमंत जाधव, र उत्तर प्रदेशका राहुल निषाद रहेका छन् । त्यस्तै पोखरा १६ दिपका केशव पाइजा मगर, स्याङ्जा चापाकोटका राजकुमार वि.क, कास्कीको अन्नपुर्ण गाउँपालिकाका राजु के.सी भन्ने खिम… पुरा पढौ

पोखरा फोटोग्राफर संघको रक्तदानमा ४६ युनिट संकलन, पोखरामा एबी पोजेटिभ रगतको अभाव

पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । संघको ४५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले पहिलो रक्तदाता संघका संरक्षक गणेश छविलाई ब्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । रक्तदाता छविले ७३ औं पटक रक्तदान गरेका हुन् । लायन्स क्लव अफ पोखरा दर्पण र कैलास बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा… पुरा पढौ

नागरिक अगुवा पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि, लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भुमिकाको स्मरण

पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर रोगका बिरामी थिए। अन्त्येष्टि अघि उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरर्सिह केसी, नेकपा नेता बर्षमान पुन, मातृका यादव, लेखक खगेन्द्र संग्रौलालगायतकाले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध… पुरा पढौ

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

उद्योग विभागले आर्थिक वर्ष २०८२,८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ । विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन अर्ब ९१ करोडको… पुरा पढौ

गण्डकीसहित पाँच प्रदेशमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा आज राति धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।रातिको समयमा पनि देशभर बदली कायम रहने र अधिकांश पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी… पुरा पढौ

लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो… पुरा पढौ

कास्कीमा सार्वजनिक बसमा यात्रुको पर्स चोर्ने तीनजना पक्राउ

साउन १ रूपा गाउँपालिकाबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा एक महिला यात्रुको पर्स चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने हार र चाँदीका औँठीसमेत बरामद भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार दिउँसो करिब ३ बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो।घटनाको सूचना प्राप्त… पुरा पढौ

आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष

 पोखरा,१ साउन । आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी)कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।सो अवसरमा बोल्दै… पुरा पढौ

पोखराका नाट्यकर्मि अनुप बराल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सिफारिस सदस्यमा मनोनित

प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल काठमाडौँ र अर्चना थापा ललितपुरलाई मनोनयन गरेका छन् । प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम बत्सगोपाल वैद्य ललितपुर र लोकबहादर चित्रकार ललितपुरलाई मनोनयन गरे । त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल… पुरा पढौ

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा बर्डफ्लु भाइरस नदेखिएकाले चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको हो । चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो । चिडियाखानाका… पुरा पढौ