देश

नियम उल्लंघन गर्ने ९ विद्यालयका सवारी चालक कारबाहीमा

पोखरामा सवारी नियम उल्लंघन गर्ने थप ९ विद्यालयका सवारी चालकलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले आज बिहान गरेको विशेष चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार कारबाहीमा पर्नेमा करुणनिधि एजुकेशन फाउण्डेसन,प्राइम मन्टेश्वरी,सगरमाथा बोर्डिङ स्कुल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई ट्रफिक नियमानुसार कारबाही गरिएको छ । त्यस्तै आमा एकेडेमी, विन्ध्येश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ । सोमबार मात्रै ३… पुरा पढौ

पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याए । मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताए। उनले भने, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच… पुरा पढौ

दिल्लीका मुख्यमन्त्रीको ईच्छा, पशुपतिनाथको दर्शन

भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नेपाल आउने र भगवान पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्ने जानकारी गराएकी छन् । पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताईन् । भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी… पुरा पढौ

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ । कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ । पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । “प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा… पुरा पढौ

गण्डकी, कोशी र बागमतीमा आज भारी वर्षाको अनुमान

पोखरा, साउन १९। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै… पुरा पढौ

मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड बढी संकलन

पोखरा, साउन १८ मानव सेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ बाट ३ करोड बढी बचत गर्न सफल भएको छ । पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रमको भवन निर्माणार्थ गत बैशाखमा आयोजित महायज्ञमा ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत गर्न सफल भएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महायज्ञबाट कुल ३ करोड ८१ लाख ७१ ह्जार ७ सय ७१ रुपैयाँ संकलन भएको थियो । जसमध्य ७७ लाख १२ हजार… पुरा पढौ

पर्यटकको सुरक्षाका लागि टानसँग समन्वय भईरहेको छ: पर्यटन बोर्डका कार्यकारी सदस्य पोखरेल

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै, उनले यसबाट व्यवसायीले फाइदा लिन… पुरा पढौ

पहिरोले बेनी जोमसोम सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका २ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । “पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी… पुरा पढौ

मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ । आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ । उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए । उक्त कारमा… पुरा पढौ

लयमा फर्कदैं तराई मधेस, कर्फ्यु र निषेधाज्ञा हटेपछि चहलपहल बढ्दै

अशान्त मधेस प्रदेश तथा पुर्वी तराईमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ । स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन… पुरा पढौ