देश

पोखरामा पुस्तक बेच्दैं स्वतन्त्र सांसद महाविर पुन

आइतबारसम्म म्याग्दीमा चुनावी अभियानमा खट्टिएका महावीर पुन आज पोखरामा देखिएका छन् । म्याग्दीबाट स्वतन्त्र सांसदमा निर्वाचित भएको प्रमाणपत्र लिए लगत्तै उनले म्याग्देली जनतालाई धन्यवाद दिएसँगै, पुनः आफ्नो पुस्तक बिक्री गर्न कस्सिएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका हुन् । आज बिहानै पोखरा आएका पुनले पुस्तक विक्रि गर्न शुरु गरेका छन् ।उनले अहिलेअमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेचि रहेका छन् भने दिउँसो १ बजेपछि पृथ्वीचोकमा बसेर पुस्तक बेच्ने बताएका छन्… पुरा पढौ

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका… पुरा पढौ

‘म्यागासेसे’ को म्याग्दीबाट संसद यात्रा

सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिममेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न पुगेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ… पुरा पढौ

कास्कीमा चार हजार ६९८ मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो… पुरा पढौ

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं। १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत कानून अरुण अधिकारीले बताए ।आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं। १ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट… पुरा पढौ

कास्कीमा समानुपातिक मत, रास्वपा बन्यो पहिलो दल : कुन दलले कति पाए ?

सन्देश श्रेष्ठपोखरा, फागुन २४ कास्कीमा रास्वपा पहिलो दल बनेको छ । गत फागुन २१ गते भएको निर्वाचनको आज सम्पन्न मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपा कास्कीमा सबैभन्दा ठूलो दल बनेको हो । कास्कीमा कुल १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । यो कुल खसेको मतको ५९.३५ प्रतिशत मत हो । रास्वपाले कास्की–१ मा ४१ हजार ३ सय ५६, कास्की–२ मा… पुरा पढौ

जनमतलाई खेर जान दिन्न: कास्की २ का सांसद पौडेल

कास्की क्षेत्र नं. २ मा रास्वपाबाट निर्वाचित सांसद उत्तम प्रसाद पौडेलले जनताले व्यक्त गरेको मतलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । रास्वपा पोखरा १६ ले आयोजना गरेको धन्यबाद सभामा पौडेलले देशमा सुशासन कायम गरी विधीको शासन स्थापित गर्ने र भष्ट्रचारको समुल अन्त्य गर्नेु नै पार्टीको उद्धेश्य रहेको बताए । पोखरा १६ का मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले भोट माग्ने क्रममा गरेका बाचा र प्रतिबद्धतालाई पुरा गर्नु नै आफ्नो पहिलो प्राथामिकता भएको स्पष्ट पारे ।पौडेलले भने “घरदैलोंका क्रममा मैले व्यक्त… पुरा पढौ

प्रधानमन्त्रीसमक्ष कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिए । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही… पुरा पढौ

आर्थिक रूपमा कमजोर अवस्थाका महिलाहरू हिंसाको उच्च जोखिममा:मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन । कार्यक्रममा महिला सशक्तीकरण, समानता र न्याय सुनिश्चित गर्ने विषयमा विशेष छलफल भएको थियो । मन्त्री थापाले महिला अधिकार र सहभागिताका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधान र विभिन्न कानुनी व्यवस्थामार्फत महिलाको प्रतिनिधित्व र नेतृत्व सुदृढ… पुरा पढौ

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् । एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवस आठ मार्चका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए । सन्देशमा भनिएकोे छ, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो… पुरा पढौ