देश

पारिश्रमिक वृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने शिक्षक संघ, संगठनहरुको अडान

पोखरा, बैशाख ९ शिक्षक संघ संगठनहरुले पारिश्रमिक बृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने अडान राखेका छन् । २०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक एउटै हुँदा अन्यायमा परेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनले पारिश्रमिक बृद्धि नभएसम्म एसईईको कपी परीक्षण नगर्ने अडान यथावत रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले यसअघिपनि पटक पटक ध्यानाकर्षण गराउँदापनि माग सम्बोधन नभएकाले कठोर निर्णय गर्न बाध्य भएको जनाएका छन् । साथै यस… पुरा पढौ

महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा महाधिवेशन बहिष्कार घोषणा

९ चैत्र, पोखरा । नेपाल शिक्षक महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन बहिष्कार गरेको छ । हाल नेपाल शिक्षक महासङ्घको २०८१ वैशाख १०(१२ गते घोषित दोस्रो महाधिवेशन सम्बन्धमा सो महासङ्घद्वारा मिति २०८०र१०र२९ गते जारी भएको पत्रको आधारमा विधान बमोजिम स्थानीय, जिल्ला अधिवेशन सहमति नजिक पुगेको अवस्थामा नेपाल शिक्षक महासङ्घका महासचिवद्वारा २०८० चैत्र १६ गते सामाजिक सञ्जालमा सम्प्रेषित सूचना अनुसार कोभिड पश्चात् २०७८ सालमा केन्द्रमा बुझाएको सदस्यता शुल्कको आधारमा तथ्याङ्क तथा पदसोपान विभाजन गरी सार्वजनिक भएको विवरणले… पुरा पढौ

मन्त्री चुमानको पहिलो निर्णय : ईन्भेष्ट गण्डकी परियोजना सञ्चालन

पोखरा, बैशाख ९ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन् । मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएपछि उनले आईतबार पदबहाली गरेका हुन् । पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीलाई कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो । हाम्रो काम गर्ने शैली नै भएन,उनले भने,‘यो शैलीले खर्च गर्न सकिदैन । बजेट… पुरा पढौ

एमाले परिषद् बैठक: आज समूहगत छलफल हुँदै

लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ । दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना… पुरा पढौ

तराई क्षेत्रमा हुरीबतासको चेतावनी,सतर्कता अपनाउन अनुरोध

हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका… पुरा पढौ

१४ औं वार्षिकोत्सवमा यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई सम्मान

पोखरा । यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी… पुरा पढौ

गण्डकीका दुई मन्त्रीले बल्ल पाए जिम्मेवारी

पोखरा, बैशाख ८ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । विवादकाबीच चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री भएलगत्तै अधिकारीले दुई जना मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्री परिषद गठन गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेपनि विना विभागीय बनाई जिम्मेवारी नदिई राखेका थिए । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन गर्ने… पुरा पढौ

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

वैशाख ७ काठमाण्डौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए । उनले यो वर्ष चार सयभन्दा बढी आरोही… पुरा पढौ

आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः सञ्चारमन्त्री शर्मा

वैशाख ७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उनले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताएकी हुन् । मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताइन् । उनले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आमनागरिकले बुझ्नुपर्नेमा… पुरा पढौ

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

वैशाख ७ काठमाण्डौं । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि अलिसान शराफूले अर्धशतकीय पारी… पुरा पढौ