देश

एमालेको जनसङ्ठनहरुको महिला राष्ट्रिय भेला हुने

वैशाख ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

वैशाख ७ काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट आज नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, “सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) आठ सय ५० ग्राम सुनसहित निजलाई… पुरा पढौ

गण्डकी प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित

पोखरा, बैशाख ७ गण्डकी प्रदेश सभा बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको छ । विश्वासको मत माग्ने प्रयोजनका लागि डाकिएको प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो । विवादका बीच मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार विश्वासको मत माग्ने तयारी गरेका थिए । तर विपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिस्कार गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो । उसो त विश्वासको मत पाउन आवश्यक ३१ मत नपुग्ने देखेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत माग्ने निर्णयबाट… पुरा पढौ

सांसद हसिना खानद्वारा सपथ ग्रहण

सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे । सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद… पुरा पढौ

एसिसी प्रिमियर कपको फाइनल: नेपाल ६ विकेटले पराजित

एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१… पुरा पढौ

गण्डकी, बागमती र कर्णालीमा हल्का वर्षा हुने

हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ… पुरा पढौ

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे । रासस पुरा पढौ

लुम्बिनी प्रदेश सरकारमा दोस्रो पटक मन्त्रिमण्डल विस्तार

वैशाख ६ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री महराले सात जना विनाविभागीय मन्त्री थप गरेका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज दुई चरणमा मन्त्रिपरिषद्मा सात जना थपेर ११ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)बाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री छन् । यस्तै नागरिक उन्मुक्ति… पुरा पढौ

सुदूरपश्चिको मुख्यमन्त्री पदमा सोडारी नियुक्त

वैशाख ६ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई आज नियुक्त गरेका छन् । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि आजै उनले… पुरा पढौ

उपनिर्वाचनमा सहयोग पु¥याउन निर्वाचन आयोगको आग्रह

वैशाख ६ काठमाण्डौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार,… पुरा पढौ