देश

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात… पुरा पढौ

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ ९ख०मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ… पुरा पढौ

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए । “हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने… पुरा पढौ

एकीकृत समाजवादीले मुख्यमन्त्रीमा नेता सोडारीलाई उम्मेदवार बनाउने

वैशाख ५ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०… पुरा पढौ

कला प्रदर्शनीले हिमाल जोगाउन आह्वान गरेको छ : माओवादी प्रवक्ता सापकोटा

वैशाख ५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँमा जारी ’हिमालयको रहस्य कला प्रदर्शनी’ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा आज संक्षिप्त प्रतिक्रिया दिँदै उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताए । उनले भने, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ ।… पुरा पढौ

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

वैशाख ५ एजेन्सी । अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गरेका हुन् । कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए… पुरा पढौ

इलामा २ मा सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

वैशाख ५ इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन मतदाताहरुलाई अपिल गरेका छन् । इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् । नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना… पुरा पढौ

मुख्यमन्त्री अधिकारीले बैशाख ७ गते विश्वासको मत लिने

पोखरा, बैशाख ५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ७ गते विश्वासको मत लिने भएका छन् । विवादका बीच गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि प्रयोजनका लागि बैशाख ७ गते शुक्रबार गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको विशेष अधिवेशन डाकेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३… पुरा पढौ

एसिसी प्रिमियर कप : नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित

वैशाख ५ काठमाण्डौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले नेपाल सामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो… पुरा पढौ

प्रविधि दृष्टिविहीनको बाटो देखाउने साथी

गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालांगहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत हुनुपरेको तीतो अनुभव उनीसँग छ । वर्षौंदेखि झेल्दै आएको त्यो समस्याबाट अब भने रीता मुक्त भएकी छन् । ‘पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्‍यो। त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो’, उनले भनिन्,… पुरा पढौ