देश

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

चैत २८ कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् । मुख्यमन्त्री कँडेलको जीवनीविसं.२०७४ को प्रदेशसभा निर्वाचनमा एमाले… पुरा पढौ

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

चैत २८ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति… पुरा पढौ

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको… पुरा पढौ

सुनको मूल्यमा निरन्तर उकालो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको… पुरा पढौ

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

चैत २७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उनले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिए । करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताए । भूमि व्यवस्था तथा… पुरा पढौ

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

चैत २७ कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य… पुरा पढौ

आगलागीबारे छानबिन समिति गठन

चैत २७ काठमाण्डौं । सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन… पुरा पढौ

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

चैत २७ काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा… पुरा पढौ

भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु एक सयले बढ्यो

काठमाडा । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख… पुरा पढौ