देश

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

चैत २६ काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन् । उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिए । अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताए । उनका अनुसार… पुरा पढौ

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

चैत २६ काठमाण्डौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । उनका अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा… पुरा पढौ

कोशी एमाले र माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

चैत २६ मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु बुझाएका हुन् । प्रदेश प्रमुख खापुङलाई उनीहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ । तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा… पुरा पढौ

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस(माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा खगराज, तीन सदस्यीय मन्त्री मण्डल गठन

पोखरा, चैत २५ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आईतबार नै सपथ लिएका छन् । पूर्वाह्न मुख्यमन्त्रीमा नियुक्त अधिकारीले अपराह्न ३ बजे पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद… पुरा पढौ

विपक्षीलाई सरकार बनाउन गण्डकीमा बहालवाला मन्त्रीकै समर्थन

पोखरा, चैत २५ गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेलाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ । अर्थात उनी सत्ताका लागि जतापनि पल्टिन्छन् भन्ने आरोप छ । यसअघि चारपटक मन्त्री भइसकेका मनाङे सत्ताका लागि जुनसुकै बेला ढलपल हुने पात्रका रुपमा चित्रित गरिन्छ । नभन्दै उनले यसपटकपनि सत्तामा रहेरै विपक्षीलाई समर्थन गरेर पिपलपाते चरित्रलाई पुष्टि गरेका छन् । सरकारमै रहेर विपक्षीलाई सरकार बनाउन उनले सहयोग गरेको यो पहिलो पटक होईन । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमै… पुरा पढौ

खगराज सरकारमा चुमान र मनाङे मन्त्री बन्ने

पोखरा, चैत २५ गण्डकी प्रदेशको खगराज अधिकारी सरकारमा माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । आजैमात्र मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो चरणमा माओवादीबाट चुमान र मनाङे रहेको ३ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् । दुबैले आज विना विभागीय मन्त्रीको रुपमा सपथ खाने बताइएको छ । चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, मनाङे पाचौं पटक मन्त्री बन्न लागेका… पुरा पढौ

सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्यो गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस

पोखरा, चैत २५ सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् । खगराजलाई बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलेपनि समर्थन गरेका छन् । उनी कांग्रेसका हाल बहालवाला सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् । उनले हालसम्म राजिनामा दिइसकेका छैनन् । दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री अधिकारी नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, नेकपा माओवादी केन्द्रका… पुरा पढौ

इलाम–२ उपचुनाव : आठ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी

काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद… पुरा पढौ