देश

डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु

वैशाख १ डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भिर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए । आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा… पुरा पढौ

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

वैशाख १ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् । ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन । राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए । आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग… पुरा पढौ

आजदेखि नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदै

पोखरा । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत

चैत ३० लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका… पुरा पढौ

बेरोजगारलाई रोजगार दिलाउन बैशाख १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

पोखरा, चैत ३० के तपाईं बेरोजगार हुनुहुन्छ ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ ? यदि छ भने चिन्ता नमान्नुस् । गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाहरुका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो । तीन दिनसम्म जारी रहने मेला पोखरा सभागृहमा… पुरा पढौ

कांग्रेसका पुराना र निष्ठावान नेता पौडेलको निधन

पोखरा, चैत ३० नेपाली काँग्रेसका पुराना तथा निष्ठावान नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत ८१ वर्षिय पौडेलको आज विहान करीब ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घाँटी र फोक्सो क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत थिए । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस र हाल पोखरा महानगरपालिका–२२ पुम्दी स्थायी घर भएका पौडेल हाल कांग्रेस महासमिति सदस्य थिए । स्वर्गिय पौडेलको आजै रामघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । पौडेल कास्की–२ बाट पराजित उम्मेदवार… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए । इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ ।… पुरा पढौ

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक आजै पारित गर्ने सरकारको तयारीः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकि छिन। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताइन । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति… पुरा पढौ

देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

चैत २९ ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका छन् । आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पु¥याउनका लागि हरेक कार्यकर्तामा… पुरा पढौ