देश

आइकिडो आइकिकाईको पाँचौं सेमिनार सम्पन्न

काठमाण्डौं । आइकिडो आइकिकाई संघ नेपालको आयोजनामा पाँचौं अन्तराष्ट्रिय सेमिनार काठमाण्डौंमा सम्पन्न भएको छ । शनिबार र आइतबार गरि दुई दिनसम्म काठमाण्डौंमा सञ्चालन भएको जापानीज आत्मसुरक्षा मार्सल आर्टका रुपमा परिचित सेमिनारमा जापानको काइकिडो प्रधान कार्यालयका गुरु शासाकी सिहानले सहजिकरण गरेका थिए । यसअघि संघले पहिलो सेमिनार पोखरामा र त्यसपछिका सेमिनार काठमाडौंमा सञ्चालन हुँदै आएको सेमिनारमा जापान, नेदरल्यान, फ्रान्स, सिंगापुर लगायत नेपालका खेलाडीहरूको सहभागिता रहँदै आएको संघका सचिव तथा प्रशिक्षक बिनयकुमार श्रेष्ठले जानकारी दिए । आइकिडो खेल १४० देशमा १७ लाख… पुरा पढौ

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति शुरु, ३३ जनाले लिए अनुमति

चैत १२ काठमाण्डौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको… पुरा पढौ

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

चैत १२ धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताए । नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकुल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताए । आज… पुरा पढौ

आज मधेसमा होली मनाइदै

काठमाडौ । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।।।’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उनको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उनले भने । होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबढाको हातबाट अविर… पुरा पढौ

पोखरामा पर्यटकलेपनि मनाए होली

पोखरा, चैत ११ रंगहरुको पर्व होलीमा पर्यटकपनि रमाएका छन् । नेपालीले मनाउने रंगहरुको पर्व होलीमा पोखरा घुम्न आएका पर्यटकहरुपनि रमाएका हुन् । यूके, अमेरिका, अष्ट्रेलिया, चीन, भारतबाट आएका पर्यटकहरु आपसमा रंग दलेर ‘ह्याप्पी होली’ भन्दै रमाए । उनीहरु नेपालीले आयोजना गरेको होली कार्यक्रम, कन्सर्टलगायतमा सहभागिहुँदै सांगीतिक माहोलमा झुमेकोसमेत देखिए । होलीको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सांगीतिक कलाकार संघले पोखराको लेकसाईडस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिभल आयोजना गरेको छ । त्यसबाहेक लेकसाईडको… पुरा पढौ

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए । कांग्रेसले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उनले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको… पुरा पढौ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

चैत १० धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै… पुरा पढौ

एमालेमा मनपरे दिसापनि बसाउने, अनि मन नपर्दा श्वासपनि ह्वास्स गनाउँछ भन्ने प्रवृत्ति छ : सचिव विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेमा मनपरे दिसापनि बसाउने र मन नपर्दा श्वासपनि गन्हाउने प्रवृत्ति हाबी रहेको टिप्पणी गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै उनले घुमाउरो भाषामा पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको बताए । उनले भने,‘एउटा कमरेडले अर्को कमरेडलाई टाढा देख्ने अतिवादहरु पार्टीमा बेलाबेला देखिनेगरेका छन्, जस्तो कि मन प¥यो भने फलाना कमरेडको आचीपनि कस्तो बसाको, मन परेन भने फलानो कमरेड त परैबाट आउँदापनि कस्तो ह्वास्स गन्हाको । यो प्रकारको अतिवाद… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चलाउन एमाले पर्खिएजस्तो लाग्यो : महासचिव पोखरेल

पोखरा, चैत १० नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउन एमालेलाई पर्खिएको छ कि जस्तो लागेको भएको बताएका छन् । एमाले कास्कीको एघारौं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘हामीले बनाएका छौं पोखरा अन्र्तराष्ट्रिय विमानस्थल तर चलाउन सकेका छैनौं । यो चलाउन सायद एमाले पर्खिरहेको छ कि जस्तो लाग्छ । एमाले सरकारमा जोडिएपछि यो विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउने प्रयास हाम्रो हुनेछ । यसले पर्यटनको आधार तयार गर्नेछ ।’ महासचिव पोखरेलले पोखरालाई नेपालको पर्यटनको राजधानी… पुरा पढौ