देश

ओली पक्राउबिरुद्द एमाले कास्कीले बुझायो विरोध पत्र, भदौ २४ का दोषीको पनि खोजी

सन्देश श्रेष्ठपोखरा, चैत १५ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ । नेकपा एमाले कास्कीको आयोजनामा पार्टी अध्यक्ष ओलीको पक्राउबिरुद्द आईतबार पोखरामा आयोजित विरोध कार्यक्रममा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा संलग्नहरुको खोजी भएको हो । सहभागीहरुले भदौ २३ गतेको दोषी करार गरेर तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिरहँदा भदौ २४ गतेको तोडफोड र आगजनीमा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप… पुरा पढौ

‘पिएसपिपी’ कार्यान्वयन गर्ने सरकारको निर्णय स्वागतयोग्य ः अध्यक्ष ढकाल

नेपाल सरकारले नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेकामा धन्यवाद दिँदै यसबाट मुलुकको निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने बताएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्रेस विज्ञप्ति प्रकाशन गरी मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले महासङ्घको मागलाई सम्बोधन गरी निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति पिएसपिपीको तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेकामा सरकारलाई धन्यवाद दिएका छन् । सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन… पुरा पढौ

पर्यटन प्रबद्र्धनका लागि पोखरा,लुम्बिनी र चितवनलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो । विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश… पुरा पढौ

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मन्त्रालयको उच्च नेतृत्वलाई आज निर्देशन दिदैं उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक छ । ”त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री श्रेष्ठले… पुरा पढौ

र्‍यालीसहित कास्की प्रशासनमा एमालेको विरोध पत्र

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । वाई चोकमा भेला भएका एमालेका नेता कार्यकर्ता नाराबाजी सहित जिल्ला प्रशाासन कार्यालय पुगेका हुन् । उनीहरुले प्रशासनमा पुर्व प्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपुर्ण गिरफ्तारी गरिएको भन्दै विरोध पत्र बुझाएका छन् ।एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रील,े कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष पत्र… पुरा पढौ

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए… पुरा पढौ

नेपाल गणित समाज गण्डकीमा ठगुराठी

नेपाल गणित समाज गण्डकी प्रदेशको अध्यक्षमा प्राध्यापक राजेश कुमार ठगुराठी चयन भएका छन् । समाजको सम्पन्न तेस्रो अधिवेशनले ठगुराठीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा विश्व अधिकारी, सचिवमा डा माधव प्रसाद पौडेल, सहसचिवमा भद्रराज त्रिपाठी, कोषाध्यक्षमा मञ्जु सुवेदी तथा सदस्यहरूमा रमेश आचार्य, ठाकुरप्रसाद पोखरेल, याद अधिकारी, ईश्वरीप्रसाद गौतम, शिवप्रसाद बास्तोला, र गोपाल ढुंगाना निर्वाचित भएका छन्।निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक प्रा डा श्रीराम खड्का तथा सदस्यहरू प्रा डा परमेश्वरी कट्टेल, सहप्रा डा ईश्वरमणी अधिकारी, निवर्तमान अध्यक्ष… पुरा पढौ

एमाले जनसंगठनले पोखरामा जलाए कार्की आयोगको प्रतिवेदन

सन्देश श्रेष्ठपोखरा, चैत १४ पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमाले निकट जनवर्गिय संगठनहरुले पोखरामा कार्की आयोगको प्रतिवेदन जलाएका छन् । ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको विरोधमा एमाले निकट अनेरास्ववियु र युवा संघले आज अपराह्न कार्की आयोगको प्रतिवेदन जलाएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे बुझ्न बनाइएको गौरीबहादुर कार्की संयोजकत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गरि कारवाही गर्न सिफारिस गरेको थियो… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

सन्देश श्रेष्ठपोखरा, चैत १५ चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापती, समितिका अध्यक्ष दुर्गा सुनारलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा नया वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले व्यवसायीहरु मिलेर… पुरा पढौ

कुमुदिनी होम्समा कक्षा १२ का विद्यार्थीको बिदाई,मेहनत र अनुशासन नै सफल भविष्यको आधार अध्यक्ष पालिखे

पोखर महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय, कुमुदिनी होम्स माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई आगामी समयका लागि शैक्षिक सफलताको शुभकामना व्यक्त गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विदाई र स्वागत एक किसिमको कल्चर भएको बताउँदै, ठूलाले सानालाई र सानाले ठूलालाई सम्मान गर्ने संस्कार सानैदेखि विद्यार्थीमा दिन सकियो भने जीवनभर कामयावी हुने बताए। अध्यक्ष पालिखेले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई आफ्नो… पुरा पढौ