पोखरा, जेठ १६ अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन् । अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित ‘सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले कागजमा अधिकार स्थापित भएपनि व्यवहारमा लागू नहुँदा आफूहरु सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन् । साथै उनीहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले ? भनेर…
पुरा पढौ