देश

सरकारले नया सवारी नकिन्ने, सरकारी भवनपनि नबनाउने

सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौति गर्न नया सवारी नकिन्ने घोषणा गरेको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सरकारी खर्च कटौति गर्ने घोषणा गर्दै त्यसका लागि नया सवारी नकिन्ने घोषणा गरेका हुन् । बश्र सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गरिने अर्थमन्त्री डा.महतले बताए । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने भएको छ । अर्थमन्त्री डा.महतले सरकारी खर्च कटौति गर्नका लागि सरकारी नया भवन… पुरा पढौ

आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

आर्थिक वर्ष २०८०/८१ मा आर्थिक बृद्धिदर खुम्चिने अनुमान गरिएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेका हुन् । पुरा पढौ

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

पोखरा, जेठ १५ सरकारले प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने भएको छ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्दै सबै प्रकारका प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज गर्ने घोषणा गरेका हुन् । पुरा पढौ

संसदमा अर्थमन्त्री महतद्वारा बजेट भाषण जारी

काठमाण्डौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गरेका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गरेका हुन् । संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ । बजेट संसदमा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषदको बैठक बसेर त्यसलाई पारित गरेको थियो । यो वर्षको बजेट कस्तो आउँछ भन्ने विषयमा सबैको चासो रहेको छ… पुरा पढौ

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमणको टोली स्वीकृत

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ५ जना मन्त्रीहरुपनि सहभागि हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र… पुरा पढौ

सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदद्वारा पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/ ०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो । मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा अर्थ मन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । बजेट कार्यक्रम एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रशारण गरिँदै छ । पुरा पढौ

रास्वपा सांसद विन्दबासिनीले लिइन् शपथ

जेठ १५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकारलाई रास्वपाले समानुपातिक सांसद बनाएको हो । रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो । पुरा पढौ

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९र८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५ दशमलव १ प्रतिशत रहेको अनुमान छ । बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या भने १७ दशमव चार प्रतिशत छ । प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबीमध्ये कर्णालीमा सबैभन्दा बढी ३९ दशमलव पाँच प्रतिशत र बागमतीमा सबैभन्दा कम सात प्रतिशत रहेको छ ।… पुरा पढौ

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ । नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो ।… पुरा पढौ

सगरमाथा दिवसको अवसरमा पदयात्रा

१६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो । पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो । सो पदयात्रामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए), ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान), होटल एशोसियशन अफ नेपाल (हान), नेपाल एशोसियश टुर्स… पुरा पढौ