देश

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाण पक्राउ परेका हुन्। खाणकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वादसमेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियोमाथि प्रहरीले… पुरा पढौ

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । साताको चौथो दिन आज सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो । यसैगरी ,चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्केकाले थप एक मोबाइल ल्याउन पाउने

काठमाण्डौं । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले थप एक मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उनको सचिवालयले जनाएको छ । विसं २०७७ जेठ १५ गते प्रकाशित… पुरा पढौ

एनएसजेएफलाई एआइपीएस एसिया अवार्ड

दक्षिण कोरिया, सोल ।  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।  एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो।  दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएकोहो।  एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरणसमारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्षनिरञ्जन राजवंशीको उपस्थिति रहेको थियो। ब्यबसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा पुर्र्याएको योगदानको कदर गर्दैएनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ। ‘हाम्रो एआइपीएस एसियाका सदस्य राष्ट्र मध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो । हामीलाई प्राप्त जानकारी अनुसार खेलकुदपत्रकारिता र खेलकुद पत्रकारहरुको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ । म बधाई दिनचाहन्छु, ’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने ।  एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन हो । एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथैखेलकुद पत्रकारहरुको वृतिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।  एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफएसिया अवार्ड प्रदान गरिएको छ ।  फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोनजुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ। त्यस्तै कंग्रेस दौरान एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिब अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदनपारित गरेको थियो। पुरा पढौ

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा… पुरा पढौ

नेप्से दोहोरो अङ्कले बढ्यो

साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५… पुरा पढौ

श्रीपती समाजसेवा पुरस्कारका लागि विवरण उपलब्ध गराउन आह्वान

पोखरा, बैशाख २६ श्रीपती समाज सेवा पुरस्कारका लागि विवरण उपलब्ध गराउन सार्वजनिक आह्वान भएको छ । विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएका व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिदै आएको पुरस्कारलाई निरन्तरता दिदै पुरस्कार स्थापना कर्ता श्रीपति कोइराला गुठीले यस वर्षका लागि विवरण उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको हो । समाजसेवी श्रीपति कोइरालाको नाममा स्थापना भएको गुठीले हरेक वर्ष २ लाख २२ हजार २ सय २२ रुपैयाँ राशीको यो पुरस्कार प्रदान गर्दै आएको छ । गुठीका सदस्य सचिव नवराज कोईराला द्वारा जारी… पुरा पढौ

याङ्जाकोट बैशाख पूर्णिमा मेलामा आयोजित भलिबलको उपाधि चापाकोटलाई, बास्केटबलको मोर्दीखोलालाई

पोखरा, बैशाख २६ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भएको बैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको तीन दिने मेला सम्पन्न भएको हो । शुरुमा तीन दिन भनेपनि मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका खेलहरु नसकिएपछि एक दिन लम्ब्याइएको थियो । मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लव स्याङ्जाले जितेको छ । प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी–१२ बाबियोडाँले द्वितीय… पुरा पढौ

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाएका… पुरा पढौ

कानुन दिवसका अवसरमा बारको शुभकामना

नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ । “कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्”, शुभकामना सन्देशमा भनिएको छ । नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज… पुरा पढौ