देश

शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए । अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताए । उनले अनुसन्धानलाई सहयोग… पुरा पढौ

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ । “सहरी क्षेत्रका विमानस्थलमा चल्ने… पुरा पढौ

सुनको भाउ आज स्थिर, चाँदी घट्यो

सुनको भाउ आज स्थिर छ । साताको पाचौँ दिन सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ । यसैगरी सचिवालय प्रमुख हेमजङ… पुरा पढौ

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ । यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने… पुरा पढौ

आजबाट नेकपा एमालेको केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ ।पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्ने छ । बैठक बिहान १० बजेबाट सुरू हुने छ ।गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो । एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १०… पुरा पढौ

जनआन्दोलनका घाइते कायस्थको निधन

काठमाण्डौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए । जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका… पुरा पढौ

कस्तो रहला आजको मौसम ?

काठमाण्डौं । आज देशभरको मौसम पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक मौसमसम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।यस्तै, लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।राती देशभर मौसम सामान्यतया सफा रहने छ बुलेटिनमा उल्लेख गरिएको… पुरा पढौ

बिहानै बाजुराको बिछ्यामा भूकम्पको धक्का

वैशाख २८ बाजुरा । बिहिबार बिहानै बाजुराको बिछ्यालाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेटमा जिल्लाको बिछ्यालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको छ । नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आएका छन् । यसअघिपनि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३… पुरा पढौ

कोरोना सङ्क्रमण घट्यो

कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बातए । “भारतमा पनि सङ्क्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उन्ले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।” सङ्क्रमण बाहिरबाट आउने र यहाँ भएका सङ्क्रमितमध्ये सरेर सङ्क्रमण बढ्ने गर्दछ… पुरा पढौ