देश

प्रतिनिधिसभाबाट सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाण्डौं । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै उनले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताइन् । मन्त्री शर्माले… पुरा पढौ

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ… पुरा पढौ

आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता : प्रहरी महानिरीक्षक

काठमाण्डौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनको श्रीवृद्धिमा लग्ने अठोट व्यक्त गरे । प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको पनि उनले बताए । प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन… पुरा पढौ

सरिपाखा, हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडक पर्यटकीय मार्ग घोषणा

पोखरा, चैत १२ माछापुच्छ«े गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोर्चङ सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ । पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा, , हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो । साथै त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णयपनि बैठकले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्र घोषणा गरिएको चरिपाखा, खुमैडाँडा र कोर्चङ तीनवटै पर्यटकीय क्षेत्र हो । जहाँबाट माछापुच्छ«े हिमाल र… पुरा पढौ

शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बु (पदम लिम्ब)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराए। साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे । बैठकमा… पुरा पढौ

आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६… पुरा पढौ

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको उनले जानकारी दिए । प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिन कांग्रेसको आग्रह

पोखरा, चैत ११ नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजिनामा दिएर नया सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय… पुरा पढौ

फुटबलर गुरुङको आज अन्त्येष्टी गरिदै

पोखरा, चैत ११ अन्र्तराष्ट्रिय फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङको आज अन्त्येष्टी गरिने भएको छ । विहीबार निधन भएका गुरुङको आज शवयात्रासहित अन्त्येष्टी गरिन लागेको हो । पोखरा–३ नदीपुरस्थित गुरुङ निवासबाट पूर्वाह्न १० बजे शवयात्रा शुरु भई बगरहुँदै गाईघाटमा लगेर अन्त्येष्टी गरिने फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिए । स्वर्गिय गुरुङको श्रीमती, ३ छोरी र १ छोरा छन् । भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको पूर्व प्रशिक्षक हुन् । उनले सहारा क्लबले सञ्चालन… पुरा पढौ

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए । विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने… पुरा पढौ