सन्देश श्रेष्ठपोखरा, माघ १ पोखरामा विहीबार ढुंगेसाँघु मेला धुमधामका साथ लागेको छ । धार्मिक आस्थाको धरोहर गण्डकीमा मकर सक्रान्तीको स्नान गर्ने र कन्दमूल तरकारीको प्रदर्शन गर्ने परम्परागत धार्मिक मेला माघ १ गते विहीबार पोखरा–१७ ढुंगेसाँघुमा लागेको हो । मेलामा दशौं हजारको भीड लागेको थियो । जहाँ माघे सक्रान्तिको अवसरमा खाईने घर तरुल, वन तरुलदेखि भ्याकुर, गिठा, सखरखण्डलगायतका कन्दमूल तथा तरुलहरु बेच्नका लागि राखिएको थियो । त्यस्तै, परम्परागत रुपमा प्रयोग हुने हातहतियारहरु दाउ, खुकुरी, डोको, नाम्लो, नाङ्लो, भकारीदेखि लत्ताकपडासम्म, अनि खानेकुराका…
पुरा पढौ