देश

सिर्जना बहिराका विद्यार्थीलाई एनआईएमबीको सहयोग

एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो । विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिए । उनले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय… पुरा पढौ

वैशाखदेखि देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था, अस्पतालको सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सहित सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनले आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने बताए। “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती… पुरा पढौ

भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल पोखरामा सम्मानित

भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल पोखरामा सम्मानित भएका छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका पोखरेललाई नेपाली भाषा शिक्षक परिषद, कास्कीले एक कार्यक्रमका बिच सम्मान गरेको हो । परिषद, कास्कीको १६औँ साधारण सभाका अवसरमा उनलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख सुवास पन्त र परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालले मायाको चिनो, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले व्यक्तिको पहिचान र अस्तित्वसँग भाषा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै विद्यालय तहदेखि नै… पुरा पढौ

नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप : उपाधिमा भारत र चीन हाबी

सन्देश श्रेष्ठपोखरा, चैत ८ पोखरामा सम्पन्न अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगितामा पुरुषतर्फ भारत र चीनका खेलाडीले संयुक्त उपाधि जितेका छन् । नेपाल हवाई खेलकुद संस्था ‘ना’ को आयोजनामा पोखरामा सम्पन्न ‘२१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६’ (एक्कुरेसी) को पुरुष एकलतर्फको स्पर्धामा दुबैले समान ७÷७ अंक प्राप्त गर्दै भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रुपमा उपाधि जितेका हुन् । वर्षाका कारण पहिलो र दोस्रो दिनको उडानलाई आधार मानेर भएको प्रतियोगितामा भारतका ईमान रम्तेल, एलिस्टर रम्तेल र मनिष उप्रेतीले समान ८÷८ अंक प्राप्त… पुरा पढौ

देशका बिभिन्न भागमा सवारी दुर्घटना: सात जनाको मृत्यु

मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका(७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार… पुरा पढौ

लम्जुङ्ग पोखरा सम्पर्क समितिको रक्तदानमा ३५ युनिट संकलन

पोखराको पृथ्वीचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । लम्जुङ्ग पोखरा सम्पर्क समिति, लम्जुङ पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र महिला उप समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको प्रमुख अतिथी महिला उपसमितिका संयोजक एवं सल्लाहकार चन्द्र कुमारी गुरुङ्गले पहिलो रक्तदाता सुजन गिरीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले मानव जातिको सबैभन्दा ठुलो धर्म भनेकै अर्काको जीवन बचाउनु रहेको बताईन् । सम्पर्क समितिका अध्यक्ष इश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी विजुली बहादुर… पुरा पढौ

सुनको मुल्य तोलामा बाह्र हजार पाँच सयले घट्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५४० मा कारोवार भईरहेको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो । अघिल्लो… पुरा पढौ

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए । चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख… पुरा पढौ

अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन

गोरखाको लुईटेलमा रहेको अमर ज्योति जनता माविका भुतपुर्व विद्यार्थीहरुको भेला पोखरामा सम्पन्न भएको छ । सो विद्यालयमा अध्ययन गरी गण्डकी प्रदेश आसपासका क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुको भेलाले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज पोखराको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सदस्यहरूमा उमेशचन्द्र देवकोटा, हरि ढकाल, मनोज भट्ट र नरेश देवकोटा चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु आवश्यकता अनुसार थप गर्न सकिने नवनिर्वाचित संयोजक श्रेष्ठले जानकारी दिए । सोही भेलाले सल्लाहकारहरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,… पुरा पढौ

परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला

पोखरा, चैत ७ परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला चयन भएकी छन् । समूहको शनिबार सम्पन्न १५ औं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समूहको निवर्तमान अध्यक्षमा मीनु कोईराला, उपाध्यक्षमा ईनु कोइराला, सचिवमा रञ्जिता बास्तोला, सहसचिवमा रचना कोईराला कोषाध्यक्ष सुमित्रा कोईराला, सहकोषाध्यक्षमा निसु कोईराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सविता कोईराला, कल्पना अधिकारी, सीता पाठक कोईराला, सिर्जना शर्मा कोईराला, ईन्दिरा कोईराला, सरिता घिमिरे कोईराला र सरु पनेरु अधिकारी चयन भएको निवर्तमान अध्यक्ष मीनु… पुरा पढौ