देश

आहा ! रारा गोल्डकपमा चर्च ब्वाईजमाथि पुलिसको १-० को अग्रता

पोखरा, पुस १५ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भईरहेको दोश्रो खेलमा नेपाल पुलिस क्लवले अग्रता लिएको छ । पुलिसले चर्च ब्वाईजबिरुद्ध २५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका हुन् । पुलिसका लागि रवी पासवानले गोल गरे । उनले निरकुमार राईको पासमा गोल गरेका हुन् । खेल जारी रहेको छ । पुरा पढौ

‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै प्राधिकरणले पनि उक्त… पुरा पढौ

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ । रासस पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप शुरु, उद्घाटन खेलमा धरानसँग आयोजक सहारा स्तब्ध

पोखरा, पुस १४ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा पराजित भएको छ । पोखरा रंगशालामा विहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा धरान फुटबल क्लवसँग स्तब्ध भएको हो । धरानको जितमा खेल शुरु भएको चौथो मिनेटमै भएको गोल नै निर्णायक बन्यो । खेलको चौथो मिनेटमा पाएको फ्रिकिक अवसर गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता ग¥यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुँदा पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको… पुरा पढौ

गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालबाट बाँकी ५९ सदस्यले लिए शपथ

कास्की । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिएका थिए । उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्‌मा ५ दलको… पुरा पढौ

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैंकको अडानपछि बैंकहरु सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले २५ बैंकलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिए । बैंक… पुरा पढौ

महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । महान्यायाधिवक्ता डा. पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको थियो । उनले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न छन्। उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा… पुरा पढौ

आजको मौसम यस्तो छ..

काठमाडौ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा… पुरा पढौ

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाण्डौं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड सरे सरकारी निवास

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । रासस पुरा पढौ