देश

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने जनाए । “विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो… पुरा पढौ

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य बस्यालले लिए सपथ

पोखरा, पुस १३ गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद मित्रलाल बस्याललाई बुधबार पूर्वाह्न ११ बजे पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम पद तथा गोपनीयताको सपथ खुवाउनुपर्ने प्रावधान रहेको छ । ज्येष्ठ सदस्यको हैसियतमा सपथ… पुरा पढौ

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु १ नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभागअन्तर्गतको अतिरिक्त हुलाकका कर्मचारीहरु । अतिरिक्त हुलाक नियमावली २०३४ को व्यवस्थानुसार नियुक्ति पाउने यस्ता कर्मचारी एकपटक नियुक्त भइसकेपछि कहिल्यै अवकाश हुँदैनन् । अवकाशका उपाय त छन्, स्वेच्छिक राजीनामा… पुरा पढौ

चलचित्रमा पुनरागमन गर्दै नायिका विपना थापा

भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् ।… पुरा पढौ

कांग्रेस नेता विष्णु बास्तोलाको निधन

पोखरा, पुस १३ गते नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति विष्णु बास्तोलाको निधन भएको छ । बास्तोलाको आज विहान ४ः१५ बजे निधन भएको नेपाली कांग्रेस पोखरा–९ का सभापति शिवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार स्वर्गिय बास्तोलाको आजै पूर्वाह्न ९ बजे तुलसीघाटमा अन्त्येष्टी गरिनेछ । बास्तोला विगत ९ वर्षदेखि विभिन्न रोगबाट ग्रसित थिए । केहि समय अघिदेखि दुबै मिर्गौला खराब भएर डायलोसिस गराउँदै आएका बास्तोलाको आज विहान स्वास्थ्य अवस्था बिग्रिएर निवासमै निधन भएको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले… पुरा पढौ

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक… पुरा पढौ

२२ औं आहा ! रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा, पुस ८ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता विहीबारदेखि पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा यहि पुस १४ गतेदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शुरु हुन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लव, मनाङमस्र्याङ्दी क्लव, नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, संकटा क्लव, चर्च व्वाईज युनाईटेड फुटबल क्लव, भुटनिज युथ स्पोर्टस… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान

पोखरा, पुस १२ गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ अधिवेशन अघि नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउने… पुरा पढौ

पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट एभरेस्टकर्मि दीपेन्द्र श्रेष्ठ सम्मानित

पोखरा, पुस १२ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएफ र एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठ पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चालन गर्ने सो पुरस्कारबाट श्रेष्ठ मंगलबार काठमाडौंमा सम्मानित भएका हुन् । कार्यक्रममा श्रेष्ठलाई नगद सहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् । यसअघि दण्ड गुरुङ संयोजकत्व तथा अग्रज पत्रकार शान्ति गुरुड.र बद्रिकाजी गुरुड.सदस्य रहेको पुरस्कार… पुरा पढौ

मंगलबार नेप्से बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाडौ । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ