देश

उधौली र यःमरि पुन्हिको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । शुभकामना सन्देशमा भनिएको छ, “उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं… पुरा पढौ

आइसीसी विश्वकप लिग–२: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आइसीसी विश्वकप लिग– को सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले नामिवियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ। आजको खेलमा जित निकाल्दै नामिविया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर, नेपालभन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन।नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौन २ बजेदेखि सुरुहुने छ।त्रिकोणात्मक सिरिजमा सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका छन्। एक दिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण… पुरा पढौ

आइसीसी विश्वकप लिग २: नेपाल नामिबियासँग ८६ रनले पराजित

आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित बन्यो। नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रनमा अलआउट बन्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए। नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए। त्यसअघि पहिले… पुरा पढौ

आज मंसीर शुक्ल (धान्य) पूर्णिमा

आज मंसीर शुक्ल पूर्णिमा अर्थात आजको एकै दिन प्रमुख पर्वहरु उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही (ज्यापु दिवस) एकै दिन परेको छ। हरेक वर्षको मंसीर पूर्णिमाका दिन विभिन्न जाति समुदायमा धान्य पूर्णिमा, उधौली पर्व, य:मरी पुन्ही, ज्यापु दिवस मनाइन्छ। नयाँ धान भित्राइएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ। यो पर्वमा धानलाई विशेष महत्व दिइन्छ। धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ। भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने प्रचलन… पुरा पढौ

निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाएको छ : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् । उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गरे । यस्तै अध्यक्ष प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) का अवसरमा… पुरा पढौ

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीयमा नेपाल नामिबियासँग पराजित

काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३० रन जोडे । अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन… पुरा पढौ

महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ ।” यसअघि महाभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको उल्लेख गर्दै सङ्घीय संसद्… पुरा पढौ

आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ । आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका… पुरा पढौ

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

बागलुङ । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उहाँले बताउनुभयो । घुस्तुङ ब्लकमा दुई नाउर र दुई झारल, सुनदहमा एउटा झारल, सेङमा एउटा नाउर, दोगाडीमा तीन नाउर र एक झारल… पुरा पढौ

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताउनुभयो । “अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।… पुरा पढौ