अर्थ

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शर्मा

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी छिन्। । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी भएकी हुन्। पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा महिला निर्वाचित भएको यो पहिलो पटक हो ।पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको इतिहासमा कास्की की शर्माले पहिलो महिला पदाधिकारीको रुपमा आफ्नो नाम लेख्न सफल भएकी छन्। कास्कीको पोखरा ३१ कि बासिन्दा शर्माको पोखरा १० रामघाटमा सल्लरबोट पुस्तक एण्ड स्टेसनरी सप्लायर्स व्यवसाय रहेको छ । महासंघको अध्यक्षमा भने कैलालीका… पुरा पढौ

पोखराको याम्दीमा शुरु भयो ‘जायन्ट स्वीङ’, एकैपटक ३ जनाले स्वीङ गर्न सकिने

पोखरा, माघ १ पोखराको याम्दीमा ‘जायन्ट स्वीङ’ थपिएको छ । साहसिक खेलकुदको गन्तव्य स्थल भनेर चिनिने पोखरामा एकैपटक ३ जनाले स्वीङ गर्न मिल्ने ‘जायन्ट स्वीङ’ थपिएको हो । पोखराको याम्दीमा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले ‘जायन्ट स्वीङ’ सञ्चालनमा ल्याएको जनाएको छ । ३ जनाले एकैपटक गर्न मिल्ने ‘जायन्ट स्वीङ’ यो नेपालकै पहिलो भएको कम्पनीको दाबी छ । साथै यो नेपालकै सबैभन्दा अग्लो भएकोपनि दाबी गरिएको छ । हाइग्राउण्ड एडभेन्चर्स नेपालले एकदशक अघि जिपलाइनबाट एडभेञ्चर्स स्पोर्ट्सको व्यवसाय शुरु गरेको थियो । त्यसको… पुरा पढौ

पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयमा परिणत

पाल्पा । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।१५ लाखबाट थालनी भएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हँुदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १०… पुरा पढौ

स्याङ्जाको वालिङमा शीतभण्डार सञ्चालनमा

स्याङ्जा । स्याङ्जाको वालिङ–१ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ । केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण गरी सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण सुरु गरेर चालु आर्थिक वर्षमा सम्पन्न गरी गत मङ्गलबारबाट सञ्चालन गरिएको सहकारीका प्रबन्धक युवराज रेग्मीले बताए । कूल ५२ मेट्रिक टन क्षमताको उक्त शीत भण्डार रु ९८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । कोभिड–१९ को महामारी र विद्युत्को समस्याका कारणले… पुरा पढौ

सुनको मूल्य २ सयले बढ्यो

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज… पुरा पढौ

चितवन महोत्सव चार दिनमै समापन

चितवन । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेका हुन् । । “कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भने, “अर्को वर्ष हामी १४औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको घोषणा आजै गर्छु ।” चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको… पुरा पढौ

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए । उनले भने, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।” पाँच दशमलव पाँच… पुरा पढौ

तनहुँका पत्रकार भट्टराई र बास्तोलालाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोला पुरस्कृत भएका छन् । प्रेस चौतारी तनहुँको बुधबार सम्पन्न ९ औं जिल्ला अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो। नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरे। पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। पत्रकार भट्टराई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य र बास्तोला सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य हुन्। शाखाका… पुरा पढौ

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ : गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए । सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ/संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ । मन्त्री… पुरा पढौ