अर्थ

खोले सागको व्यावसायिक खेती सुरु

बागलुङ। गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुन थालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले जानकारी दिए । उनले भने “अहिले साग बेच्नलाई ठिक्क भएको छ । किसान बजार पठाउने सुरमा छन् ।” छिपछिपे खेत र मूल वरिपरि खोले साग पहिलेदेखि नै उम्रेपनि रातामाटावासीलाई उती वास्ता थिएन… पुरा पढौ

पुम्दीकोटमा आयोजना हुने भनिएको महायज्ञ स्थगित

पोखरा २७, पुष पोखरा २२ को पुम्दीकोटमा आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म बिशाल महमादेवको मुर्ति निर्माणको अभियान अन्र्तगत अधुरा कार्यपूरा गर्न पुनः दोश्रो पटक आयोजना हुन लागेको शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हाल स्थगित भएको छ । उक्त महायज्ञ संचालनको अन्तिम चरणमा पुगे पनि विश्व व्यापी महामारी कोरोना भाइरस शंक्रमणको तेश्रो लहरका कारण हाललाई स्थगित गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले जनाए । कोरोना… पुरा पढौ

पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम

पोखरा। पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम सुरु भएका छन् । लघु,घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहआयोजनामा लेखा व्यवस्थापकीय र लेबलिङ,प्याकेजिङ तथा बजारीकरणसम्बन्धी २ दिने तालिम सुरु भएको हो । तालिममा लघु,घरेलु तथा साना व्यवसायीहरुलाई लक्षित लेखा तालिममा ३१ जना तथा लेबलिङ,प्याकेजिङ र बजारीकरणमा २५ जनाभन्दा बढीको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लघु, घरेलु तथा साना उद्यो प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले दुबै तालिम उत्पादन र उत्पादकत्व बढाउने… पुरा पढौ

रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक रु चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर रोगले सुन्तला बचैँचा मासिँदै जादा केही वर्षदेखि वार्षिक रू ४०÷५० हजार मात्र आम्दानी हुन थालेको उनको गुनासो थियो । यसवर्ष पनि सोही हाराहारीमा… पुरा पढौ

उज्ज्वल थापा फाउन्डेसन स्थापना

काठमाडौ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहनुभएका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ । नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो । फाउण्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्नेस स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पु¥याउनेस सामाजिक अभियान सञ्चालन… पुरा पढौ

कोरोनाका कारण पोखरा महोत्सव स्थगित

पोखरा २५ पुष पोखरामा आयोजना हुने भनिएको एघारौ पोखरा महोत्सव स्थगित भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भनिएको एघारौं संस्करणको पोखरा महोत्सव स्थगित भएको हो । आयोजक युनाइटेड क्लव पोखराले सोमबार एक विज्ञप्ती जारी गर्दै महोत्सव स्थगित गरेको जनाएको हो । क्लवका अध्यक्ष राजु श्रेष्ठले जारी गरेको विज्ञप्तीमा कोभिडका कारण नेपाल सरकारको कोभिड १० संकट ब्यबस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले २५ जना भन्दा बढी भेला हुन रोक लगाएकाले… पुरा पढौ

महिलालाई सशक्तिकरण गर्न माछापुच्छ्रेमा ‘ड्राइभिङ तालिम’

पोखरामाछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालकको तालिम सञ्चालन गरेको छ ।उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम अन्तर्गत महिलालाई व्यवसायिक रुपमा चालक बनाउने उद्देश्य अनुरुप १८ जना महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको लागि तालिम सञ्चालन गरेको माछापुच्छ्रे गाँउपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।“हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसै अन्तर्गत शुरु गरेका हौ ।” दवाडीले भन्नुभयो । महिलालाई परम्परागत सीप भन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर महिला सशक्तिकरणका… पुरा पढौ

भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा न्यौपाने, प्रथम उपाध्यक्षमा भान्साकार्य

पोखरा भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा पूर्णप्रसाद न्यौपाने चयन भएका छन् । भाषा संघ नेपालको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सृजन भान्साकार्य र द्वितीय उपाध्यक्षमा मोती श्रेष्ठ चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा निलम बाटाजु र कोषाध्यक्षमा सविता शेरचन चयन भएका छन् । समितिको सदस्यहरुमा कृष्णप्रसाद आचार्य, रवि विश्वकर्मा, सरोज थापा, पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी र सविन गौतम चयन भएका छन् । पुरा पढौ

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।… पुरा पढौ

बुधबारदेखी शुरु हुने पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा

पोखरा । आगामी बुधबारदेखी शुरु हुने एघारौ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा एघारौ पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पुरा भएको बताएका हुन । कोरोना महामारीको विषम परिस्थितीलाई मध्येनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा… पुरा पढौ